Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धिरज र अदितीको ‘बाबरी’ रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2022/03/01
babari movie
 
कोरोना महामारीका बीच छायांकन भएको फिल्म ‘बाबरी’को प्रदर्शन मिति घोषणा गरिएको छ । महाशिवरात्रीको अवसर पारेर मंगलवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी भदौ ३१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अभिनेता द्वय धिरज मगर र धिरज नाडकरको साथमा अभिनेत्री अदिती बुढाथोकीको मुख्य भूमिका छ ।
 
निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरेको पोस्टरमा फिल्मका तीन मुख्य पात्रको क्यारेक्टर नाम खुलाइएको छ । फिल्ममा अदिति ‘विजेता’, धिरज ‘बिक्रान्त’ र धिरज ‘रोनिश’को पात्रमा छन् । फिल्मलाई अदितीको होम प्रोडक्सन बाबरी फिल्मस्ले निर्माण गरेको हो । उनकी आमा पुष्पा बुढाथोकी निर्मात्रीको रुपमा छिन् । सुष्मा प्रोडक्सनले पनि फिल्म निर्माणमा सघाएको छ ।
 
सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् । करीब चार वर्षपछि अदिती ‘बाबरी’ बाट अभिनयमा फर्किएकी हुन् । 
Most Visited News (monthly)