Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाह प्रकरणमा रेखा, ऋचा र विनिताको यस्तो तर्क

फिल्मीखबर, काठमाडौं, 2022/03/01
देशमा एमसीसी र नायक पल शाह प्रकरण लगभग एकै समयमा चर्कियो । सोमवार  संसद्ले एमसीसी अनुमोदन गरेपछि यो विषय सेलाएको छ । तर, पल प्रकरणले अझै केही समय मिडिया र सामाजिक सञ्जाल तात्ने देखिन्छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबर्जस्ती करणीको मुद्धामा जाहेरी दिएपछि फरार रहेका पलले आइतवार आत्मसमर्पण गरे । 
 
rekha thapa, reecha sharma and beenita baral
 
तनहुँ जिल्ला अदालतले उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ । तर, अनुसन्धानलाई समेत प्रभावित पार्ने गरी यतिबेला तनहुँ प्रहरी कार्यालय अगाडि पलको पक्षमा नारा-जुलुस भइरहेको छ भने कतिपय पल निर्दोष रहेको भन्दै सामाजिक सञ्जाल र मिडियामा विभिन्न खाले तर्क गरिरहेका छन् । कति ती नाबालिग गायिकामाथि समेत खनिएका छन् ।
 
पल शाह प्रकरणमा फिल्म क्षेत्र पनि दुई कित्तामा बाँडिएको छ । पूजा शर्मा, शोभित बस्नेत लगायतको एउटा समुह बलात्कारको आरोप लागेका पल शाहको बचाउमा उत्रिएको छ । पूजा शर्माले त कानुनलाई समेत चुनौती दिँदै पललाई कसैले केही गर्न नसक्ने अभिव्यक्ति दिएकी छन् । अर्कोथरी समुह जाहेरी दिएकी नाबालिग गायिकाको पक्षमा उभिएको छ तर खुलेर बोल्न सकेको छैन । 
 
यसैक्रममा, अभिनेत्री रेखा थापाले घुमाउरो रुपमा गायिकालाई समर्थन गर्दै फेसबुकमा लेखेकी छन्, ‘२० बर्षभन्दा मुनिका बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो ।’ कोसँग लभ छ ? र कति पटक यौन सम्पर्क भयो ? भन्ने कुराको कानुनलाई मतलब नहुने उनले बताएकी छन् । 
 

 

त्यस्तै, अभिनेत्री ऋचा शर्माले पनि फेसबुकमा स्टाटस लेख्दै नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न नहुने बताएकी छन् । कानुनले नाबालिगको संरक्षण गर्नुपर्ने उनको तर्क छ । नाबालिगकै करमा यौन सम्बन्ध राखेको भएपनि त्यो बलात्कार हुने र उसैले बोलाएको भनेर कानुनले कसैलाई छुट नदिने उनले फेसबुकमा उल्लेख गरेकी छन् ।
 

 

हाल अमेरिकामा रहेकी अभिनेत्री विनिता बरालले ललाई-फकाई गर्ने छोरो मान्छेको नजरबाट आफ्ना छोरीहरुलाई कसरी बचाउने भनेर प्रश्न उठाएकी छन् । उनी लेख्छिन्, ‘म पनि सधै उस्तै त्रासमा बाँच्ने दुईवटा छोरीहरुकी आमा हुँदैछु । कसरी जोगाउने यी नानीहरुलाई ? कस्तो शिक्षा दिए आफूलाई बचाउन सक्नेछन् ? कुन क्षेत्रमा कर्म गर्न पठाए आफूलाई जतनसँग राख्न सक्लान् ?’

 

Most Visited News (monthly)