Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एमाले प्रवेशको तयारीमा करिश्मा

फिल्मीखबर, काठमाडौं, 2022/03/10
karishma manandhar
 
डा. बाबुराम भट्टराईले नेतृत्व गरेको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धरले दुई वर्षमै नेता भट्टराईको साथ छाडेकी थिइन् । त्यसयता अध्ययनमा केन्द्रित रहेकी उनले अब नेकपा (एमाले) बाट राजनीति यात्रालाई अगाडि बढाउने भएकी छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्दै उनले एमाले प्रवेश गर्ने निधो गरेकी हुन् । 
 
ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीको साथमा बिहीबार बालकोट पुगेकी थिइन् । अध्यक्ष ओलीसँग भेट गरेपछि करिश्माले राजनीतिक यात्रा अघि बढाउन कुनै न कुनै विचारसँग आबद्ध हुन आवश्यक रहेकाले आफूले एमाले रोजेको बताएकी छन् । उनी स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको बताइएको छ । 
 
अन्य राजनीतिक दलभन्दा एमालेले महिलालाई धेरै अघि बढाएकोले आफू एमालेप्रति आकर्षित भएको करिश्माको भनाई छ । केपी शर्मा ओलीको व्यक्तित्वले पनि आफूलाई एमालेप्रति आकर्षित गराएको उनी बताउँछिन् । नयाँ शक्ति पार्टीमा आबद्ध हुँदा आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै करिश्माले अब एमालेबाट समाज परिवर्तनका लागि भूमिका खेल्ने बताएकी छन् । 
Most Visited News (monthly)