Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5887 - 5892 of 23771
फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार

अभिनेता प्रदीप खड्काको जन्मदिनको अवसर पारेर बिहीवार फिल्म ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ । आउँदो भदौ १० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा प्रदीप र अभिनेत्री दीया मास्के मात्र प्रस्तुत छन् । भिन्न लुक्समा देखिएका उनीहरु फिल्ममा आमा र छोराको भूमिकामा हुनसक्ने पोस्टरबाट बुझ्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार

एक समय नेपाली फिल्ममा एकलौटी हालिमुहाली गरेका सुपरस्टार राजेश हमाल विगत चार वर्षदेखि पर्दामा देखिएका छैनन् । तर, फिल्ममा काम नगरे पनि उनको व्यस्तता करिअरको उचाइँमा रहँदाको भन्दा कम छैन । वर्षभरी नै हमाल देश तथा विदेशमा हुने कार्यक्रम, विभिन्न कम्पनीको ब्रान्ड इन्डोर्समेन्ट, उद्घाटन, म्यूजिक भिडियो, टेलिभिजन शो लगायतमा व्यस्त हुने गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2022-03-10, बिहिवार

अभिनेता सौगात मल्लले अभिनय गरेका ‘लुट र कबड्डी’ बाहेक प्रायः फिल्म असफल छन् । तर, फिल्मको असफलताले उनको करिअरमा भने कुनै असर परेको छैन । यसैले पनि उनलाई ‘फ्लप फिल्मको हिट हिरो’ भन्ने गरिन्छ । जीवन्त अभिनय गर्न सक्ने खुबीकै कारण उनी हरेक मेकरको रोजाईमा पर्ने गरेका छन् । उनले वर्षमा ५/७ वटासम्म फिल्ममा अभिनय गर्दै आएका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-03-10, बिहिवार

चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’मा समावेश ‘कता कता’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर, एभरेष्ट सूर्य बोहराको शब्द र एलिस कार्कीको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता विक्रम डि जोशी र अभिनेत्री दीपिका प्रसाईं रोमान्टिक अवतारमा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-03-09, बुधवार

फिल्म ‘परदेशी २’ आउँदो दशैंमा प्रदर्शन हुने भएको छ । बुधवार निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै २०७९ सालको दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरेको हो । तर, फिल्मको प्रदर्शन मिति तोकिएको छैन । फर्स्टलुकमा भने प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा सिवाकोटी फिचर छन् । पोस्टरमा उनीहरुलाई गम्भीर मुद्रामा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2022-03-09, बुधवार

निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको फिल्म ‘वर एण्ड वधु’मा मुख्य नायकको रुपमा विवेक कर्मचार्यको प्रवेश भएको छ । उनले यही फिल्मबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा उनको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका विवेकले विगत केही समयदेखि फिल्मका लागि तयारी गरिरहेका थिए ।

Results : 5887 - 5892 of 23771
Most Visited News (monthly)