Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘चिसो एष्ट्रे’को अष्ट्रेलिया रिलीज २७ लाखमा बिक्री

फिल्मीखबर, काठमाडौं, 2022/03/12
आगामी हप्ता रिलीज हुने नेपाली फिल्म ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया रिलीजको लागि करिब २७ लाख नेपाली रुपैयाँ (३० हजार अष्ट्रेलियन डलर)मा अधिकार बिक्रि भएको बताईएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म रिलीज अधिकार दिएका हुन् ।
 
‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ फिल्मका निर्माता महेशबाबु तिमिल्सिना भने, ‘ लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’
 
 
दाबी गरिएअनुसार अष्ट्रेलिया रिलीजको लागि ‘चिसो एष्ट्रे’ले अन्य नेपाली फिल्महरुले भन्दा बढी पैसा पाएको हो । ‘फिल्म निर्माण कम्पनी कंगारु क्रिएसनको अर्को संस्था कंगारु एजुकेसन फाउन्डेसनमार्फत अष्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने हाम्रो लक्ष्य छ,’ निर्माता तिमिल्सिनाले भने, ‘त्योबाहेक हामी सब टाइटल गरेर त्यहाँका हलमा पनि फिल्म लगाउँदैछौँ । यो सबै हिसाब गरेर फिल्मको अधिकार बेचिएको हो ।’
 
दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको यस फिल्मको ट्रेलर रिलीजपछि चर्चा पाइरहेको छ । फिल्मको टोन, कलाकारको अभिनय, छायांकन तथा भूपि शेरचनको कविताको भावलाई पर्दामा उतार्ने जमर्को गरेको भन्दै फिल्मको प्रशंसा भइरहेको हो । 
 
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना,  नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।
 
फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ आदि कलाकारको अभिनय रहेको छ ।
Most Visited News (monthly)