Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहका सहयोगी पक्राउ

फिल्मीखबर, काठमाडौं, 2022/03/11
नायक पल शाहका म्यानेजर भनिने कृष्ण जोशी तनहुँबाट पक्राउ परेका छन् । जोशीविरुद्द घटना दबाउन मतियार बनेको आरोप छ ।
 

शाह एक नाबालिगको किटानी जाहेरी पछि प्रहरी हिरासतमा छन् । केहि दिन अघि एक नाबालिक गायिकाले पल विरुद्द जबरजस्ती करणीको जाहेरी दिएकी थिईन् । फरार रहेका शाहले पाँच दिनपछि तनहुँ प्रहरीमा पुगि आत्मसमर्पण गरेका थिए ।
 
 
ति गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँसँगै जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व)मा पनि किटानी जाहेरी दिएकी थिईन् । दुई दिन अगाडी नवलपरासी (पुर्व) प्रहरीले पनि अनुसन्धानको लागि शाहलाई लगेको थियो ।
Most Visited News (monthly)