
फिल्म ‘वीर विक्रम’बाट नेपाली फिल्म क्षेत्रले पाएको एक कुशल अभिनेत्री हुन्, दीया पुन । पहिलो फिल्ममा नै आफ्नो अब्बल अभिनय क्षमता देखाएकी उनले त्यसयता ‘मिस्टर झोले’, ‘दयारानी’, ‘मन्त्र’ लगायतका केही सीमित फिल्ममा मात्र अभिनय गरिन् । गाउँले चरित्रमा फिट मानिने उनी नेपालभन्दा बढीजसो बेलायतमा बस्ने भएकाले पनि अभिनयमा खासै सक्रिय हुन सकेकी छैनन् ।

बुद्धि तामाङ्गले संघर्षको ठूलो चट्टान फुटाएर कलाकारितामा गर्विलो नाम बनाएका छन् । ‘हैट’ उपनामले बढी चिनिने उनी विरामी आमाको उपचार गर्नका लागि पैसा जुटाउन काभ्रेबाट २०५६ सालमा काठमाडौं छिरेका थिए । काठमाडौं आएपछि उनले लामो समय इट्टा भट्टामा काम गरे । यसपछि नांग्लोमा बदाम बचे । रेस्टुरेन्टमा भाँडा माझे । विजुलीको वाइरिङ्ग गर्ने काम पनि सिके ।

हरेक फिल्ममा आफ्नो चरित्र र अभिनयमा फरकपन पस्किन सिपालु मानिने अभिनेत्री सुरक्षा पन्त फेरि एकपटक भिन्न चरित्रमा देखिँदैछिन् । जारी प्रथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘बुलाकी’मा उनले दुर्गम गाउँको अति विपन्न एक महिलाको भूमिका निर्वाहा गरेकी छन् । मंगलवार निर्माण टिमले सार्वजनिक गरेको फर्स्टलुकमा देखिएको उनको लुक्सले यही बयान गर्छ ।

नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा हुने भएको छ । नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लीज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजनामा सन् २०२२ जुलाई ३ तारिखमा आयोजना हुने अवार्डको मंगलवार राजधानीमा एक कार्यक्रमका बीच जानकारी गराइयो ।

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलवार नारी दिवसको अवसरमा निर्माण टिमले ‘सुन्तला’ बोलको गीत यूट्युबमा सार्वजनिक गरेको हो । वसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईको युगल स्वर छ । डान्सिङ नम्बरको गीतमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेतले ठुम्का लगाएका छन् ।

एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा अभिनेता पल शाहलाई तनहुँबाट नवलपरासीको गैंडाकोट लगिएको छ । फागुन ११ गते तनहुँ जिल्ला प्रहरीमा पलविरुद्ध जाहेरी दिएकी ती नाबालिगले फागुन १६ गते गैंडाकोट प्रहरी कार्यालयमा पनि जबर्जस्ती करणीको आरोपमा जाहेरी दिएकी थिइन् । मंगलवार तनहुँ प्रहरीले पललाई अनुसन्धानका लागि गैंडाकोट लगेको हो ।

