
नेपाली फिल्मका लभ बर्डस् सौगात मल्ल र सृष्टि श्रेष्ठ विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् । दुई वर्षयता एकसाथ बस्दै आएका उनीहरु कोरोना महामारीले देशलाई नगाँजेको भए विवाह बन्धनमा बाँधिसकेका हुने थिए । कोरोना महामारीअघि सौगात सृष्टिको माता-पितासँग बिहेको कुरा गर्न यूके समेत गएका थिए । दुवै पक्षको परिवारले उनीहरुलाई विवाहको अनुमति दिइसकेको छ ।

कोरोनाको तेस्रो लहरका कारण हल बन्द भएपछि माघ २८ गतेबाट प्रदर्शनमा आउन नसकेको फिल्म ‘मन्त्र’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच आउँदो बैशाख १६ गतेलाई फिल्मको प्रदर्शन घोषणा गरिएको हो । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्मलाई खिल बहादुर तामाङले निर्देशन गरेका हुन् ।

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक भएको ‘केशरी’ बोलको गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् । उनीहरुलाई कृष्ण र राधाको जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

अभिनेता द्वय पल शाह र पुष्प खड्काको करिअरको सुरुवात लगभग एकै समयमा भयो । उनीहरु म्यूजिक भिडियो पृष्टभूमिबाट फिल्ममा आएका हुन् । एकअर्काका प्रतिस्पर्धी मानिने उनीहरुको भावनात्मक सम्बन्ध भने अत्यन्त प्रगाढ छ । एकअर्काको फिल्म प्रदर्शन हुँदा दुवैले खुलेरै साथ दिने गरेका छन् । यसैले उनीहरुको मित्रतालाई फिल्म क्षेत्रमा उदाहरणको रुपमा लिने गरिन्छ ।

‘मिस नेपाल’ को उपाधि जितेपछि फिल्म ‘गाजलु’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सृष्टि श्रेष्ठले ‘बाँध मायाले’, ‘रोमियो एन्ड मूना’, ‘पोइ पर्यो काले’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् । पर्दाभित्र वा पर्दाबाहिर दुवैमा शिष्ट र शालिन देखिने उनी करीब तीन वर्षपछि पर्दामा देखिने तयारीमा छिन् । उनी अभिनीत नयाँ फिल्म ‘चिसो एष्ट्रे’ आगामी चैत ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो शिर (टाउको) मा नेपाली ढाकाटोपी ढल्काएका छन् । सोमवार आफ्नो इन्स्टाग्राममा उनले ढाकाटोपी लगाएको एक तस्विर साझेदार गरेका हुन् । उनले तस्विरसँगै क्याप्सनमा ‘केटीको केटीको’ भनेर उल्लेख गरेका छन् । तस्विरमा हर्षित मुद्रामा देखिएका उनलाई दुई हात कम्मरमा राखेर नृत्य गर्नका लागि तम्तयार भावभंगीमा देख्न सकिन्छ ।

