Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कात्तिक ६ मा ‘परस्त्री’ रिलिज हुने

फिल्मीखबर, काठमाण्डौ, 2022/03/14
movie parastree
 
सुरज पाण्डेको निर्देशनमा बन्न लागेको फिल्म ‘परस्त्री’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतवार ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । मुहूर्तसँगै फिल्मको छायांकनका लागि निर्माण टिम मुस्ताङतर्फ हिँडेको छ । मुस्ताङमा गीत मात्र खिचिने निर्देशक पाण्डेले जानकारी दिए ।
 
मुस्ताङपछि फिल्मको सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुने बताइएको छ । नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण गरिने फिल्मलाई डिएस डिजिटलको व्यानरमा निर्मात्री शर्मिला पाण्डेले निर्माण गर्नेछिन् । निर्देशक पाण्डे उनकै छोरा हुन् । फिल्म ‘लभ लभ लभ’बाट सुरजले नायकको रुपमा डेब्यू गरेका थिए । अब उनले लाई ‘परस्त्री’बाट निर्देशनको रुपमा डेब्यू गर्न लागेका हुन् । 
 
यो फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा लगायतका कलाकारहरु मुख्य भूमिकामा छन् । निरज पाण्डेको छायांकन रहने फिल्मको कथा ‘आमा’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले तयार पारेका हुन् । एक विवाहित पुरुषको अफेयरको कथामा निर्माण हुने फिल्ममा अभिनेता कोशिश क्षेत्री अहिलेसम्मकै भूमिकामा प्रस्तुत हुने जानकारी प्राप्त छ ।
Most Visited News (monthly)