Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

के भंसाली र अल्लू अर्जुनबीच हुँदैछ सहकार्य ?

एजेन्सी, मुम्बई, 2022/03/16
allu-arjun
 
साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ले बक्सअफिसमा धमाका मच्चाएको थियो । हिन्दी भर्सनमा समेत सय करोडमाथिको व्यापार गरेको यो फिल्मपछि दर्शकहरुले अल्लू अर्जुनलाई बलिउड फिल्ममा पनि हेर्ने ठूलो इच्छा देखाएका छन् । यसैक्रममा, उनको बलिउडका नामी निर्देशक सञ्जय लीला भंसालीसँग मुम्बईमा भेटघाट भएको छ ।
 
अल्लू सोमवार भंसालीको अफिसमा पुगेका थिए । भंसालीसँग उनको भेट भएपछि उनीहरुबीच नयाँ फिल्ममा सहकार्य हुन थालेको चर्चा सुरु भएको छ । तर, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । यदी अल्लू अर्जुनले भंसालीसँग सहकार्य गरे उनको बलिउड डेब्यू सुखद् हुने अनुमान गरिएको छ । किनकि, भंसाली हिट फिल्मको ग्यारेन्टी दिने निर्देशकको रुपमा चिनिन्छन् ।
 
अल्लू अर्जुनले बलिउड फिल्ममा डेब्यू गरे उनी बलिउड सुपरस्टारहरुका लागि खतरा सावित हुन सक्ने देखिन्छ । उनको अभिनयदेखि स्टाइलसम्म दर्शकले निकै मन पराउने गरेका छन् । बलिउडको बर्चश्व रहेको ठाउँमा समेत उनको जबर्जस्त क्रेज छ । उनको बलिउड फिल्मलाई लिएर कस्तो धारणा छ त्यो स्पष्ट नभए पनि उनले ढिलो चाँडो बलिउडमा डेब्यू गर्ने सम्भावना बढेको छ । 
Most Visited News (monthly)