Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कृष्ण अष्टमीमा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’

फिल्मीखबर, काठमाडौं, 2022/03/15
puspa and shradha
 
अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री स्टारर फिल्म ‘कृष्ण लीला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले कृष्ण जन्माष्टमीको दिन पारेर आउँदो भदौ ३ गते फिल्मलाई प्रदर्शन गर्ने निधो गरेको हो । यसअघि यो फिल्म गत वर्षको चैत २७ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सरकारले हलहरु बन्द गरेपछि फिल्म प्रदर्शन हुन सकेको थिएन । 
 
दीपक ओलीको निर्देशनमा तयार भएको फिल्ममा पुष्प र श्रद्धाका अलावा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतको अभिनय छ । लभस्टोरी जनरामा निर्मित फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ । 
 
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् । फिल्ममा पुष्पले सुस्त मनस्थिति भएको युवकको भूमिका निर्वाह गरेका छन् । गत वर्ष सार्वजनिक भएको फिल्ममा समावेश ‘कुनै दिन’ बोलको गीत हिट भइसकेको छ भने ट्रेलर पनि गत वर्ष नै रिलिज भएको थियो । 
 

Most Visited News (monthly)