Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘२ नम्बरी’मा सौगात मल्लले लिए पलको ठाउँ

फिल्मीखबर, काठमाडौं, 2022/03/16
Saugat Malla
 
२०७६ सालको फागुनबाट फिल्म ‘२ नम्बरी’को छायांकन सुरु भएको थियो । तर, छायांकन सुरु हुन र कोरोना महामारी फैलिन एकै समयमा भयो । जसले गर्दा फिल्मको अधुरैमा छायांकन रोकियो । अब दुई वर्षपछि यही चैत १५ गतेबाट फिल्मको पुनः छायांकन सुरु हुँदैछ । फेरि सुरुबाटै छायांकन गर्न लागिएको फिल्ममा केही कलाकारदेखि निर्मातासम्म परिवर्तन भएका छन् । 
 
दुई वर्ष अगाडि छायांकन हुँदा फिल्ममा अभिनेता पल शाह मुख्य भूमिकामा थिए । अहिले उनी १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकाले उनको ठाउँमा निर्माण टिमले अभिनेता सौगात मल्ललाई अनुबन्ध गरेको छ । सौगातको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप पूरा भएको छ । फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 
 
फिल्ममा सौगातसँगै दयाहाङ राई, वर्षा राउत, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । दुईजना साथीको मित्रताको कथामा बन्न लागेको फिल्मलाई आउँदो वर्षको कार्तिक ४ गते तिहारको अवसरमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे र अमला देवी राई निर्माता र कार्यकारी निर्मातामा सरोज नेपाली छन् ।
Most Visited News (monthly)