Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 5779 - 5784 of 23774
फिल्मीखबर, काठमाडौं, 2022-04-07, बिहिवार

फिल्म वितरक र हल व्यवसायीहरुको संस्था नेपाल चलचित्र संघले कोरोना महामारीका कारण थलिएको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन २०७९ सालको बैशाख १ गतेसम्मका लागि फिल्मको सेयर बाँडफाँड सम्बन्धि नयाँ नियम लागू गरेको थियो । निर्मातालाई राहत दिने उद्देश्यले प्रदर्शनको पहिलो हप्ता ५५ प्रतिशत र दोस्रो हप्ता ५० प्रतिशत सेयर दिने निर्णय संघको थियो ।

फिल्मीखबर, काठमाडौं, 2022-04-07, बिहिवार

अभिनेता सौगात मल्लले करिअरको छोटो अवधिमै राम्रो फड्को मारेका छन् । फिल्म ‘लुट’मा निर्वाह गरेको ‘कालु काले’को चरित्रपछि उनको करिअरले रफ्तार लिन सुरु गरेको थियो । फिल्म ‘कबड्डी २’ले उनलाई सफलताको थप उचाइँमा पुर्‍यायो । विगत केही वर्षयता सर्वाधिक व्यस्त रहेका उनी एउटा फिल्मको छायांकन नसकिँदै नयाँ फिल्ममा अनुबन्ध भइसकेका हुन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2022-04-06, बुधवार

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोग खेपिरहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको जिल्ला अदालतले पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बुधवार न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । थुनछेक बहसका लागि शाहलाई मंगलवार तनहुँबाट नवलपरासी लगिएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2022-04-06, बुधवार

आउँदो बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको ५४ सेकेन्ड लम्बाईको टिजर संवादरहित छ । टिजरमा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् । थ्रिलर र सस्पेन्स शैलीमा तयार पारिएको टिजरले फिल्मप्रति दर्शकको कौतुहलता जगाउने देखिन्छ ।

एजेन्सी, मुम्बई, 2022-04-06, बुधवार

साउथ फिल्म ‘केजीएफ २’ र बलिउड फिल्म ‘जर्सी’ भन्दा एक दिन अगाडि १३ अप्रिलमा थलपति विजय स्टारर तमिल फिल्म ‘बिस्ट’ रिलिज हुँदैछ । हिन्दीमा ‘रॉ’ शिर्षकमा रिलिज हुन लागेको फिल्मलाई दक्षिण भारतमा उत्सुकताका साथ हेरिएको छ भने ‘केजीएफ’का लागि सम्भावित चुनौती मानिएको छ । फिल्मको ट्रेलर बलिउड सुपरस्टार शाहरुख खानले समेत ट्विटरमा शेयर गरेका छन् । 

फिल्मीखबर, काठमाडौं, 2022-04-05, मंगलवार

अभिनेता भुवन केसीले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने भएका छन् । उनले स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीबाट मेयर पदमा उम्मेदवारी दिन लागेका हुन् । मंगलवार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले काठमाडौंको मेयरमा अभिनेता केसीलाई उठाउने निर्णय गरेको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Results : 5779 - 5784 of 23774
Most Visited News (monthly)