Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नीता र हरिहरको ‘ह्रस्व दीर्घ’मा सलोनको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2022/04/05
neeta and salon
 
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेता सलोन बस्नेतको प्रवेश भएको छ । मंगलवार नीता र हरिहरले सलोनसँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा सलोनको अर्थपूर्ण र महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । हिरोको रुपमा असफल मानिएका उनी चरित्र अभिनेताको रुपमा भने जमेका छन् । 
 
नीताले सलोनलाई फिल्ममा स्वागत गर्न पाउँदा उत्साहित भएको फेसबुकमा उल्लेख गरेकी छिन् । फिल्मलाई नीताको प्रोडक्सन हाउस ‘नीता फिल्मस्’ले निर्माण गर्नेछ । यसअघि यो प्रोडक्सन कम्पनीले नीताको स्वरमा रहेको गणेश भजनको भिडियो निर्माण गरेको थियो । यही कम्पनीबाट नीताले पौराणिक ग्रन्थ ‘श्रीमद्भगवत गीता’मा आधारित भएर वेब सिरिज पनि निर्माण गर्दैछिन् । 
 
‘ह्रस्व–दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गर्दैछन् । द्वन्द्व निर्देशकको रुपमा आफ्नो गर्विलो चिनारी बनाइसकेका उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । यद्यपि, उनले ‘निरहुआ चलल लण्डन’, ‘रण’, ‘माही’ जस्ता भोजपुरी फिल्मको भने निर्देशन गरिसकेका छन् । चन्द्रको भोजपुरी फिल्ममा ‘माही’मा नीताको पनि मुख्य भूमिका छ, जुन फिल्म प्रदर्शनको पखाईमा छ ।
 
 ‘ह्रस्व दीर्घ’को छायांकन अर्को वर्षको असारपछि मात्र सुरु हुनेछ । यो फिल्मको छायांकनभन्दा अगाडि नीता र हरिहर विवाह गर्ने योजनामा रहेको जानकारी प्राप्त छ । नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुने फिल्म नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुनेछ । ७ करोडको लागतमा बन्ने फिल्ममा बलिउडका चर्चित कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।
Most Visited News (monthly)