
फिल्म चलाउन के हत्कण्डा अपनाउनु पर्छ भन्ने पाठ सिक्न अभिनेत्री पूजा शर्मा विश्वविद्यालय हुन सक्छिन् । बाहिरी ब्यानरको फिल्म भए उनी शान्त देखिन्छिन् । तर, फिल्ममा आफ्नो पैसा परेको छ भने उनी रुवाबासीमा समेत उत्रन्छिन् । फिल्म ‘म यस्तो गीत गाउँछु २’ यसको तात्तातो उदाहरण हो । यो फिल्म जे जति चल्यो त्यसमा पूजाले अपनाएको हत्कण्डालाई प्रमुख मानिन्छ ।

विराटनगर महानगरपालिकाले अभिनेता गजित विष्टलाई सम्मानित गरेको छ । नेपाली फिल्म तथा गीत-संगीतको श्रीबृद्धिमा खेलेको भूमिकाको मुल्याङकन गर्दै महानगरपालिकाले उनलाई सम्मान गरेको हो । शुक्रवार विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा एक कार्यक्रमका बीच विष्टलाई खादा र फूलमालासहित सम्मान पत्र प्रदान गरेका हुन् ।

कोरोना महामारी मत्थर भएर जनजीवन सामान्य अवस्थामा फर्किएसँगै छायाकनमा निस्कने फिल्मको संख्या बढ्न थालेको छ । यसैक्रममा, यतिबेला ताप्लेजुङको सिनाममा फिल्म ‘रीत’को छायांकन भइरहेको छ । ताप्लेजुङपछि पाँचथर, इलाम, झापा र काठमाडौंमा फिल्मको छायांकन हुने निर्देशक दिनेश लिङदेनले जानकारी दिए । फिल्मको निर्माण कम्पनी फाल्गुनन्द लिङ्देन फिल्म्स हो ।

नझुकिनुस्, भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र अभिनेत्री आम्रपाली दुबेले वास्तविक जीवनमा बिहे गरेका होइनन् । केही दिनदेखि काठमाडौंमा छायांकन भइरहेको भोजपुरी फिल्म ‘निरहुआ बनल् करोडपति’का लागि उनीहरुले नेपाली रीति-रिवाजअनुसार विवाह गरेका हुन् । बिहीवार जोरपाटीमा हिन्दू परम्पराअनुसार मण्डप खडा गरेर विवाहको दृश्य खिचिएको हो ।

अभिनेत्री वर्षा राउतले नेपाली फिल्ममा ६ वर्षको यात्रा पार गरेकी छन् । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ६ वर्षको समय आफूलाई आँखा झिम्काएर वितेझैँ लागेको बताएकी छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले यो अवधिमा आफूलाई मिलेको माया, प्रशंसा र आलोचनाका लागि धन्यवाद व्यक्त गरेकी छन् ।

नेपालीमा एउटा उखान छ, ‘ओरालो लागेको मृगलाई बाच्छोले नि खेद्छ ।’ यतिबेला गायक तथा मोडल दुर्गेश थापाको हकमा यो उखान ठ्याक्कै चरितार्थ हुँदै गएको छ । पल शाह प्रकरणमा जोडिएपछि उनी पलका फ्यानको आँखाको तारो बनेका छन् । यही कारण उनले हातमा रहेका प्रोजेक्टहरु समेत गुमाउँदै गएका छन् । केही मेला-महोत्सवहरुले त उनलाई बहिष्कार नै गरेका छन् ।

