Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पल शाहलाई थुनछेक बहसका लागि नवलपुर पठाइयो

फिल्मीखबर, काठमाडौं, 2022/04/05
आफ्नो स्टारडम जोख्न पलको पत्रकारलाई चुनौती !
 
एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई तनुहँबाट पूर्वी नवलपरासी (नवलपुर) पठाइएको छ । नवलपरासी जिल्ला अदालतले थुनछेक बहसका लागि उपस्थित गराउन पत्रचार गरेपछि शाहलाई मंगलवार विहान नवलपुर पठाइएको जिल्ला कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 
 
चैत १० गते तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले नाबालिगलाई विभिन्न प्रलोभन दखाई जबर्जस्ती करणी गरेको देखिन आएको भन्दै शाहलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेशपछि थुनामा रहेका पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दिइसकेका छन् । 
 
ती नाबालिग गायिकाले तनहुँपछि नवलपरासी प्रहरी कार्यालयमा पनि शाहविरुद्ध जबर्जस्ती करणीको अभियोगमा जाहेरी दिएकी थिइन् । तनहँमा अनुसन्धान भइरहेको समयमा शाहलाई नवलपरासी झिकाएर प्रहरीले एक हप्ता अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले चैत ३ गते नवलपरासी अदालतमा मुद्धा दर्ता गरेको थियो । 
 
नवलपरासीमा थुनछेक बहस सकिएपछि शाहलाई पुनः दमौलीको कारागार फर्काइनेछ । फागुन ११ गते तनहुँ र फागुन १५ गते नवलपरासी प्रहरी कार्यालयमा नाबालिगका पिताले दिएको जाहेरीमा विभिन्न ठाउँमा पटक-पटक शाहले जबर्जस्ती करणी गरेको उल्लेख छ । तनहुँ प्रहरी कार्यालयमा जाहेरी परेपछि चार दिन भूमिगत भएका शाह फागुन १५ गते आफैं प्रहरीसामु पुगेका थिए । 
Most Visited News (monthly)