Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा’मा निर्देशक हेरफेर, सुव्रतको ठाउँमा दीपेन्द्र

फिल्मीखबर, काठमाडौं, 2022/04/05
दुई वर्ष अगाडि घोषणा गरिएको फिल्म हो, ‘के घर के डेरा’ । छायांकनमा निस्कने तयारी हुँदै गर्दा कोरोना महामारी फैलिएपछि फिल्मको काम अगाडि बढ्न सकेन । अब भने बैशाख अन्तिम साताबाट फिल्मको छायांकन सुरु हुँदैछ । तर, निर्देशक परिवर्तन भएका छन् । पहिला सुव्रतराज आचार्य निर्देशक रहेकोमा अब दीपेन्द्र के. खनालले निर्देशनको कमान्ड सम्हाल्ने भएका छन् ।
 
k ghar k dera
 
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा निर्देशकको रुपमा खनालको प्रवेश भएको जानकारी गराइयो । फिल्ममा मुख्य कलाकारहरु भने यथावत छन् । ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहनेछ । ३५ दिनको सेड्युलमा काठमाडौंमा मात्र छायांकन हुने फिल्मले काठमाडौंमा घर हुने र नहुनेको कथालाई देखाउनेछ ।
 
कार्यक्रममा निर्देशक खनालले फिल्मलाई राम्रो बनाउन आफूले सकेको प्रयास गर्ने बताए । फिल्ममा आफू जोडिएपछि पहिलाको स्क्रिप्टमा केही थटघट भएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘म फिल्ममा जोडिएपछि स्क्रिप्टमा निर्देशकको कोणबाट आफ्नो ‘प्वाइट अफ भ्यू’ त राख्छु नै । अहिले लेखकले सबैको धारणा सुनेर आफ्नो हिसाबले स्क्रिप्टमा रि-राइटिङ गरिरहनु भएको छ ।’
 
‘झोले’पछि दयाहाङ, ‘पशुपति प्रसाद’पछि विपिन र ‘चंगा चेट’पछि रविन्द्रसँग सहकार्य गर्न लागेका दीपेन्द्रले छायांकनमा निस्कन आफू आतुर रहेको बताए । अभिनेता राईले पुनः एकपटक निर्देशक खनालसँग काम गर्नका लागि आफू उत्साहित रहेको र फिल्म उत्कृष्ट बन्नेमा विश्वास व्यक्त गरे । त्यस्तै, विपिन कार्कीले दीपेन्द्र के खनालको आगमनले फिल्मको टिम थप बलियो बनेको बताए ।
 
k ghar k dera
 
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । दीर्घ गुरुङले खिच्ने फिल्मको कथा सिंगो लामाको हो भने पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । पैँतिस वर्ष अगाडि प्रदीप रिमाल निर्देशित फिल्म ‘के घर के डेरा’को नाम सापटी लिएर फिल्म बन्न लागेको हो ।
Most Visited News (monthly)