Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी स्टार निरहुआ र आम्रपालीले गरे नेपालमा बिहे !

फिल्मीखबर, काठमाडौं, 2022/04/08
nirahuwa and aamrapali
 
नझुकिनुस्, भोजपुरी सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’ र अभिनेत्री आम्रपाली दुबेले वास्तविक जीवनमा बिहे गरेका होइनन् । केही दिनदेखि काठमाडौंमा छायांकन भइरहेको भोजपुरी फिल्म ‘निरहुआ बनल् करोडपति’का लागि उनीहरुले नेपाली रीति-रिवाजअनुसार विवाह गरेका हुन् । बिहीवार जोरपाटीमा हिन्दू परम्पराअनुसार मण्डप खडा गरेर विवाहको दृश्य खिचिएको हो । 
 
निरहुआ र आम्रपालीले सामाजिक सञ्जालमा दुलाहा-दुहलीको भेषभुषामा खिचेका तस्विरहरु शेयर गरेका छन् । टिपिकल नेपाली दुलही बनेकी आम्रपालीको साथमा निरहुआले दुलाहाको पहिरन र शिरमा ढाका टोपी लगाएको एक तस्विर इन्स्टाग्राममा शेयर गर्दै ‘नेपाली शादी’ भनेर लेखेका छन् । त्यस्तै, आम्रपालीले पहिलो पटक रिलमा नेपाली विवाह गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
 
आम्रपालीले नेपाली दुलहीको भेषमा निरहुआसँग एक म्यूजिकल भिडियो पनि बनाएकी छन् । उक्त भिडियो इन्स्टामा पोस्ट गर्दै उनले नेपालीमा ‘राम्रो छ ?’ भनेर सोधेकी छन् । भिडियोमा आम्रपाली रातो रंगको बेहुली सारी, रातो पोते, सयपत्रि माला र दुबो माला लगाएर देखिएकी छन् भने निरहुआले घाँटीमा सयपत्रि माला र हरियो दुबो मालासँगै गुलाबी रंगको शेरवानी लगाएका छन् । 
 
सम्पूर्ण छायांकन काठमाडौं आसपासमा हुने ‘निरहुआ बनल् करोडपति’लाई मनोज नारायणले निर्देशन गरिरहेका छन् । निरहुआ र आम्रपालीको यसअघि पनि केही फिल्मको नेपालमा छायांकन भएको थियो । निरहुआले नेपाली अभिनेत्री नीता ढुंगानासँग समेत काम गरिसकेका छन् । उनले नीतासँग अभिनय गरेको फिल्म ‘शेर ए हिन्दुस्तानी’लाई नेपाली दर्शकहरुले निकै रुचाएका थिए ।
Most Visited News (monthly)