Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्ममा वर्षाको ६ वर्ष : ‘जात्रा’ सिरिजले बचाएको करिअर

फिल्मीखबर, काठमाण्डौ, 2022/04/08
अभिनेत्री वर्षा राउतले नेपाली फिल्ममा ६ वर्षको यात्रा पार गरेकी छन् । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ६ वर्षको समय आफूलाई आँखा झिम्काएर वितेझैँ लागेको बताएकी छन् । शुक्रवार फेसबुकमा स्टाटस लेख्दै उनले यो अवधिमा आफूलाई मिलेको माया, प्रशंसा र आलोचनाका लागि धन्यवाद व्यक्त गरेकी छन् । 
 
नाइँ नभन्नू ल ६' मा वर्षा
 
उनले लेखेकी छन्, ‘म आफ्नो करिअरमा जहाँ छु, त्यसमा म गर्व र नम्र छु । जब म यी ६ अद्भुत वर्षहरूलाई फर्केर हेर्छु, म आफूलाई कृतज्ञ महसुस गर्छु । माया, प्रशंसा, समर्थन, आलोचना र अत्याधिक प्रशंसाको लागि धन्यवाद । मलाई दिइएको यो अमुल्य उपहार म सधैं कदर गर्नेछु ।’ अभिनेत्री राउतले फिल्ममा आफूले उर्जाको हरेक अंश खन्याएको पनि उल्लेख गरेकी छन् ।
 
६ वर्षको करिअरमा वर्षाले ‘गोपी’, ‘मेरो पैसा खोई ?’, ‘चौका दाउ’, ‘मिस्टर झोले’, ‘छक्का पञ्जा २’, ‘जात्रा’, ‘जात्रै जात्रा’ लगायत एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, उनको कमजोर बनेको करिअर बचाउन ‘जात्रा’ सिरिजको ठूलो योगदान छ । किनकि, यो फिल्मको दुईवटै सिरिजमा उनी सोलो अभिनेत्री थिइन् । जसले गर्दा फिल्म सफलताको क्रेडिट उनको पोल्टा पर्‍यो ।
 
‘जात्रै जात्रा’ रिलिजपछि उनले अभिनय गरेको नयाँ फिल्म दर्शकले हेर्न पाएका छैनन् । तथापि, उनले लकडाउनमा समयमा तीन फिल्म ‘के घर के डेरा’, ‘दुई नम्बरी’ र ‘लाखे’ साइन गरेकी थिइन् । यसमध्ये समय व्यस्तताका कारण ‘दुई नम्बरी’ छाडेकी उनले हालै ‘लाखे’को छायांकन सकाएकी हुन् । उनी बैशाख दोस्रो साताबाट भने फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त हुँदैछिन् । 
 
वर्षाले करिअरको ६ वर्षमा सम्झनलायक फिल्ममा भने अझै काम गर्न पाएकी छैनन् । प्रायः फिल्ममा उनी हिरोकै वरिपरी घुम्ने पात्रको रुपमा देखिएकी छन् । अब उनले आफ्नो क्षमता देखाउन स्टेरियोटाइप भूूमिकाबाट बाहिर निस्कन आवश्यक छ । यसका लागि उनले फिल्म र पात्र छनोटमा ध्यान दिनुपर्ने देखिन्छ । यद्यपि, उनको ६ वर्षको करिअरलाई सन्तोषजनक नै मान्न सकिन्छ । 
 

Most Visited News (monthly)