Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जात्रा’ निर्देशकको ‘महापुरुष’मा महजोडी

फिल्मीखबर, काठमाडौं, 2022/04/10
pradeep bhattarai
 
सफल फिल्म निर्देशनमा ह्याट्रिक गरेका प्रदीप भट्टराई र महजोडीबीच फिल्म ‘शत्रु गते’पछि पुनः टिमअप भएको छ । प्रदीपको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अभिनय गर्न लागेका हुन् । हुनत, २०७६ सालमै उनीहरुबीच टिमअपको घोषणा गरिएको थियो । तर, कोरोनाका कारण फिल्मको काम अगाडि बढ्न सकेको थिएन ।
 
बैशाख दोस्रो साताबाट छायांकन सुरु हुने फिल्ममा महजोडीसँगै गौरी मल्ल र अरुण क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ । अरुणले यही फिल्मबाट अभिनयमा डेब्यू गर्न लागेका हुन् । निर्देशक भट्टराईले फिल्मका लागि अन्य कलाकार र एक अभिनेत्रीको छनोट केही दिनमा हुने जानकारी दिए । ‘जात्रै जात्रा’पछि निर्देशनमा फर्किन लागेका उनी स्वयंले फिल्मको कथा तयार पारेका हुन् ।
 
षट्कोण आर्ट्सको प्रस्तुतीमा निर्माण हुने ‘महापुरुष’मा म्याक्स् दिपेश खत्री निर्माताको रुपमा छन् । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् । उनले प्रदीपलाई ‘जात्रा’मार्फत् निर्देशनमा ब्रेक दिएका थिए । यसपछि उनीहरुबीच ‘जात्रै जात्रा’मा टिमअप भएको थियो । नरेन्द्र मैनालीको छायांकन रहने फिल्मलाई आउँदो दशैंमा प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।
 
मह सञ्चारमा रहेर लामो समय काम गरेका प्रदीपले आफ्नोतर्फबाट ‘महापुरुष’ महजोडीलाई ट्रिब्यूट रहेको बताए । उनी भन्छन्, ‘मैले उहाँहरुबाटै फिल्मको ज्ञान लिएको हुँ । मैले २०औं वर्ष लगाएर सिकेको कुरा दिनुपर्‍यो भने कस्तो चिज दिनुपर्ला भन्ने मेरो मनमा थियो । मैले मेरोतर्फबाट मदन दाई र हरी दाईलाई ठूलो उपहार दिँदैछु । यद्यपि, यो कुरा सबैलाई महशुस नहुन सक्छ ।’ 
 

Most Visited News (monthly)