Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सम्झना बिर्सना’ गीतमा आकाश र पूजाको प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/04/10
जेठ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सम्झना बिर्सना’को पहिलो गीत सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘परेली’मा बोलको गीतमा अञ्जु पन्त र निमेष प्रधानको स्वर छ । गायक प्रधानकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा रोमान्टिक भावमा प्रस्तुत छन् ।
 
AAKASH SHRESTHA. POOJA SHARMA
 
गीत सार्वजनिक कार्यक्रममा अभिनेता श्रेष्ठले लामो समयपछि आफ्नो फिल्म हलमा हेर्न उत्साहित रहेको बताए । सम्पूर्ण टिमले मेहनत गरेकाले फिल्म राम्रो बनेको उनको भनाई छ । त्यस्तै, पूजाले आफू निर्मात्री पनि भएकाले बाहिरी ब्यानरको फिल्ममा काम गरिरहँदा निर्माता/निर्देशकलाई सुझाव दिने गरेको बताइन् । ‘सम्झना बिर्सना’ले दर्शकलाई सम्झना छोड्ने उनको विश्वास छ ।
 
पूजाले आकाशसँग काम गर्न आफूलाई कम्फर्टेबल महशुस हुने पनि बताएकी छन् । उनले भनेकी छन्, ‘को-एक्टरले गर्नुपर्ने साथ-सहयोग आकाशले सधैं गर्छ । मलाई काम गर्न सजिलो लाग्ने पल र आकाशसँग नै हो । उनीहरुसँग काम गर्दा पोजेटिभ भाइब्स आउँछ । यो फिल्मले आकाशलाई थप उचाइँ दिलाउनेमा विश्वस्त छु ।’ ‘सम्झना बिर्सना’ पूजा र आकाशको चौंथो सहकार्य हो । 
 
दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको यो फिल्म आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।
 
कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् । निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर फिल्म बनाएको जानकारी दिए । यो उनको डेब्यू निर्देशित फिल्म हो ।
 

Most Visited News (monthly)