Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शो बाँडफाँडमा ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार

फिल्मीखबर, काठमाडौं, 2022/04/10
anmol kc and suhana thapa
 
पछिल्लो समय देशभर खुलिरहेका सुविधा सम्पन्न मल्टीप्लेक्सहरु विदेशी फिल्म चलाएर पैसा छाप्ने उद्देश्यबाट केन्द्रित छन् भन्ने कुरा पटक-पटक प्रमाणित हुँदै आएको छ । नेपाली फिल्मलाई आँखामा झारो हाल्ने शो दिएर विदेशी फिल्मलाई भरमार शो थमाउँदै आएका हल सञ्चालकहरुले यसपटक पनि विदेशी फिल्मलाई काखा र नेपाली फिल्मलाई पाखाको व्यवहार गरेका छन् ।
 
बैशाख १ गतेबाट साउथ इन्डियन फिल्म ‘केजीएफ २’ र नेपाली फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउँदैछ । दुवै फिल्म प्रतिक्षीत भएकाले शनिवारबाटै देशभरका अधिकांश मल्टीप्लेक्सहरुले शोज बाँडफाँड गर्दै अग्रिम बुकिङ खुल्ला गरिसकेका छन् । तर, अधिकांश मल्टीप्लेक्सहरुले शो बाँडफाँडमा ‘ए मेरो हजुर ४’लाई सौतेनी व्यवहार गर्दै ‘केजीएफ २’लाई शो नै शोले पुरेका छन् । 
 
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका च्यानलमा कूल ६९ शो ‘केजीएफ २’लाई बाँडेको छ भने ‘ए मेरो हजुर ४’लाई जम्मा २५ शो उपलब्ध गराएको छ । अग्रिम बुकिङमा ‘केजीएफ २’ आक्रामक देखिएको छ । क्यूएफएक्सले बाँडेको प्रायः शो रिलिज अगावै सोल्डआउट हुने अवस्थामा पुगेका छन् । ‘ए मेरो हजुर ४’को बुकिङ भने औसत देखिएको छ ।
 
त्यस्तै, राजधानीका बिग मुभिज, विएसआर मुभिज्, एफक्यूब, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेस, कीर्तिपुर सिनेप्लेस, क्यूज सिनेमाज्, सिटिसी सिनेमाज् लगायतले पनि ‘केजीएफ २’भन्दा ‘ए मेरो हजुर ४’लाई आधा शो उपलब्ध गराएका छन् । एडभान्स बुकिङको सुरुवाती नतिजा हेर्ने हो भने ‘केजीएफ २’ले नेपालमा ‘आरआरआर’भन्दा ठूलो ओपनिङ गर्ने देखिन्छ ।
 
‘केजीएफ २’का कारण ‘ए मेरो हजुर ४’को इनिसियल व्यापारमा ठूलो धक्का पुग्ने देखिएको छ । तथापि, माउथ पब्लिसिटी बलियो भएको खण्डमा फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्न सक्नेछ । मल्टीप्लेक्समा सामान्य शोमा चित्त बुझाउनु परेको ‘ए मेरो हजुर ४’ सिंगल थिएटरमा भने निर्विकल्प छ । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् ।
Most Visited News (monthly)