Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘डी सिने अवार्ड’मा पुष्प र केकी उत्कृष्ट नायक-नायिका

फिल्मीखबर, काठमाडौं, 2022/04/10
keki adhikari and puspa khadka
 
१२औं ‘डी सिने अवार्ड’मा फिल्म ‘मारुनी’बाट पुष्प खड्का उत्कृष्ट अभिनेता र फिल्म ‘छ माया छपक्कै’बाट केकी अधिकारी उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । शनिवार धुलिखेलमा आयोजना भएको अवार्डमा ‘मारुनी’ नै उत्कृष्ट फिल्म बन्न सफल हुँदा यही फिल्मबाट नवल नेपालले उत्कृष्ट निर्देशकको अवार्ड जिते । पपुलर फिल्मको अवार्ड भने ‘छ माया छपक्कै’ले जित्न सफल भयो ।
 
कलाकार तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ र नायिका शोभिता सिंखडा जुरी रहेको अवार्डमा ‘छ माया छपक्कै’बाट दीपेन्द्र लामाले जुरीतर्फ निर्देशकको अवार्ड आफ्नो पोल्टामा पारे । कार्यक्रममा नेपाली फिल्मकी पहिलो नायिका भूवन चन्दलाई नगद २५ हजार, सम्मानपत्र र दोसल्लासहित ‘लाइफटाइम लिजेन्ड्री अवार्ड’ प्रदान गरिएको थियो । 
 
त्यस्तै, ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ विजय लामा र झरना थापालाई प्रदान गरियो भने रंग पत्रकार विष्णु सुवेदीलाई नगद १२ हजार २ सय २२ रुपैयाँसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो । ‘डी सिने अवार्ड’मा अवार्ड पाउने फिल्मकर्मीहरुकै बढी उपस्थिति देखिएको थियो । हुनत, अचेल अवार्ड कार्यक्रममा जाने फिल्मकर्मीहरु रित्तो हात फर्किनु पर्दैन ।
 
यस प्रकार छ अवार्ड विजेताको सूची :-
 
१. उत्कृष्ट पाश्व संगीत : एलिस कार्की : साङ्लो
 
२. उत्कृष्ट ध्वनीमिश्रण : अमित श्रेष्ठ : जात्रै जात्रा
 
३. उत्कृष्ट गीतकार : राजेन्द्र थापा – जुनको जुनेली : छ माया छपक्कै
 
४. उत्कृष्ट पाश्र्व गायिका : इतु जोजीजु – बिर्सन सकिन : मखमलीमखमली
 
५. उत्कृष्ट पाश्र्व गायक : कृष्ण काफ्ले – हाने मैले झटारो : मारुनी
 
६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार : बसन्त थापा – जुनको जुनेली : छ माया छपक्कै
 
७. उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – सुन्यौ की सुनेनौ :लभ डायरीज
 
८. उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज – एमजी रोडैमा : हजार जुनीसम्म
 
९. उत्कृष्ट द्वन्द्व निर्देशक : श्री श्रेष्ठ : साङलो
 
१०. उत्कृष्ट हाँस्य कलाकार : केदार प्रसाद घिमिरे : छ माया छपक्कै
 
११. उत्कृष्ट खलपात्र : प्रकाश शाह : साङ्लो
 
१२. उत्कृष्ट कथा : गोविन्द फूयाँल : मारुनी
 
१३. उत्कृष्ट पटकथा : आशुतोष राज श्रेष्ठ : जाईरा
 
१४. उत्कृष्ट संवाद : रामबाबु गुरुङ/उपेन्द्र सुब्बा : कबड्डी कबड्डी कबड्डी
 
१५. उत्कृष्ट नव–नायिका : रुवीना थापा : लभ डायरीज
 
१६. उत्कृष्ट नव–नायक : अंकीत शर्मा: रातो टीका निधारमा
 
१७. उत्कृष्ट नव–निर्देशक : विराज भट्ट : साङ्लो
 
१८. उत्कृष्ट चरित्र अभिनेत्री : मिथिला शर्मा : आमा
 
१९. उत्कृष्ट चरित्र अभिनेता : माओत्से गुरुङ : कबड्डी कबड्डी कबड्डी
 
२०. उत्कृष्ट सह–अभिनेत्री : स्वस्तिमा खड्का : हजार जुनीसम्म
 
२१. उत्कृष्ट सह–अभिनेता : जीतु नेपाल : छ माया छपक्कै
 
२२. उत्कृष्ट छायाँकार : सञ्जय लामा : मारुनी
 
२३. उत्कृष्ट सम्पादक : बिपिन मल्ल : छ माया छपक्कै
 
२४. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी : छ माया छपक्कै
 
२५. उत्कृष्ट अभिनेता : पुष्प खड्का : मारुनी
 
२६. उत्कृष्ट निर्देशक : नवल नेपाल : मारुनी
 
२७. उत्कृष्ट फिल्म : मारुनी : पुनम इन्टरटेनमेन्ट प्रा.लि.
 
प्रोत्साहन अवार्ड : क्षितिज सुवेदी : वीर विक्रम २
 
साउण्ड एडिटर : किशोर आचार्य : सानो मन
 
भिएफएक्स आर्टिस्ट : समिर मियाँ : साङ्लो
 
वर्षको पपुलर गायिका : मिलन नेवार : चरीले काफल : साङ्लो
 
निर्देशक : दीपेन्द्र लामा : छ माया छपक्कै
 
पपुलर फिल्म : छ माया छपक्कै : रोहित अधिकारी फिल्म्स् एण्ड आमा सरस्वती मूभिज् प्रा.लि.
Most Visited News (monthly)