Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘प्रेमगन्ज’ टिजरमा प्रेम र वियोग

फिल्मीखबर, काठमाडौं, 2022/04/17
benisha hamal
 
आउँदो भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगन्ज’को टिजर सार्वजनिक भएको छ । शनिवार राजधानीमा सम्पन्न विन्ध्यवासिनी अवार्डमा सार्वजनिक गरिएको टिजरमा पात्रको प्रेम र वियोगलाई देखाइएको छ । फिल्मले दुई पुस्ताको प्रेमकथा उठाएको टिजरले प्रस्ट्याउँछ । टिजरमा सुरक्षा पन्त, बेनिशा हमाल, तेज गिरी, राइडर प्रशान्त र सिमरन खड्का फोकस छन् । 
 
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि उनकै हो । निर्माण टिमले फिल्मप्रति दर्शकलाई आकर्षित गर्न टिजरलाई कपिराइट फ्री गरेको छ । युट्युब, फेसबुक र टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेमध्ये तीन जनालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार दिइने निर्माता श्रेष्ठले जानकारी दिए । 
 
फिल्मको टिजर सामाजिक सञ्जालमा शेयर गर्दा ‘ह्यासट्याग ‘प्रेमगन्ज’ भदौ ३, ‘प्रेमगन्ज’ हेर्ने दिन’ भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्नुपर्ने निर्माता श्रेष्ठले बताए । उनका अनुसार, यो अफर वैशाख ३ गतेदेखि सुरु भएर साउन २५ गतेसम्म चल्नेछ । विजेतालाई फिल्मको रेड कार्पेट प्रिमियरमा पुरस्कार प्रदान गरिने बताइएको छ । फिल्म प्रेमकथामा आधारित भएर बनेको हो ।
 
फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल लगायतको पनि अभिनय रहेको छ । फिल्ममा सरक्षा भने अतिथी भूमिकामा छिन् । स्पट व्याईंको रुपमा दुई दशकदेखि नेपाली फिल्ममा काम गर्दै आएका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको हो । सञ्जय लामाले फिल्म खिचेका हुन् ।
 

Most Visited News (monthly)