
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘सिल्ली फो’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलवार एक पोस्टर सार्वजनिक गर्दै असार ३१ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । पोस्टरमा चार पुरुषहरुलाई भैंसीमाथि चढेर रमाइरहेको देख्न सकिन्छ भने अभिनेत्री केकी अधिकारी खुशी मुद्रामा देखिएकी छन् । पोस्टरले फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ ।
मनोज डिके निर्माता रहेको फिल्ममा केकीका अलावा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमन बिश्वकर्मालगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा विशाल श्रेष्ठ सह-निर्माताको रुपमा छन् । दिव्य सुवेदी, वीरेन्द्र परियार र नरेन्द्र आलेको छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स र साहिल खानको ट्रेलर सम्पादन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मसले देशभर वितरण गर्नेछ ।

