Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युवतीहरुको अगाडि कूल देखिन ड्रग्स लिन्थेँ : सञ्जय दत्त

फिल्मीखबर, काठमाण्डौ, 2022/04/18
sanjay dutt
 
साउथ फिल्म ‘केजीएफ २’मा अधीराको भूमिकामा अभिनेता सञ्जय दत्तको अभिनयको निकै प्रशंसा भइरहेको छ । हालै एक अन्तर्वार्तामा उनले क्यान्सर र ड्रग एडिक्सनको बारेमा बताएका छन् । ड्रग्स सेवनले उनको करिअर नै ध्वस्त भएको थियो । पिता सुनील दत्तको सुझावमा ड्रग्सको लत छुटाउन अमेरिकाको रिह्याब सेन्टरमा बसेका उनी अहिले ड्रग्सबाट पूर्ण रुपमा मुक्त छन् । 
 
उनले भनेका छन्, ‘म युवतीहरुको अगाडि निकै लजाउँथेँ । मलाई लाग्थ्यो कि ड्रग्स लिएपछि म कूल देखिन्छु । यही कारण मैले ड्रग्स लिन थालेँ । ड्रग्स लिएपछि म युवतीहरुको अगाडि कूल देखिन्थेँ । तर, ड्रग्सका कारण मेरो जिन्दगीको १० वर्ष एउटा कोठा या बाथरुमभित्रै वित्यो । मलाई फिल्ममा काम गर्न पटक्कै मन लाग्दैन थियो । ड्रग्सले मेरो जिन्दगी नै तहसनहस बनाएको थियो ।’ 
 
रिह्याब सेन्टरबाट फर्किएपछि मानिसहरुले आफूलाई ‘चरसी’ भनेर बोलाउने गरेको सञ्जय सम्झन्छन् । उनी भन्छन्, ‘सडकमा हिँडिरहेका मानिसहरु मलाई यसरी बोलाउँथे । यसपछि मैले आफूलाई परिवर्तन गर्ने निर्णय गरेँ । मैले शरीर बनाउन वर्कआउट गर्न सुरु गरेँ । यसपछि म ‘चरसी’बाट एक यस्तो व्यक्ति बनेँ, जुन देखेपछि मानिसहरु भन्ने गर्थे- ‘क्या स्वाग छ, क्या बडी छ ।’ 
 
लकडाउनको समयमा सिढी चढ्ने क्रममा सास फेर्न गाह्रो भएपछि डाक्टरसँग सल्लाह गरेर एक्स-रे गर्दा आफ्नो फोक्सोमा पानी भरिएको थाहा पाएको सञ्जयले बताएका छन् । डाक्टरले टिभी हुनसक्ने आशंकाले फोक्सोको पानी निकाले पनि पछि चेकजाँच गर्दा क्यान्सर निस्किएको उनी बताउँछन् । किमोथेरेपीपछि निको भएका उनी क्यान्सरलाई डटेर सामना गर्नुपर्ने धारणा राख्छन् ।
Most Visited News (monthly)