Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दोस्रो पटक सुरु भयो ‘२ नम्बरी’को छायांकन

फिल्मीखबर, काठमाण्डौ, 2022/04/18
2 numberi
 
२०७६ सालको फागुनमा छायांकन भइरहँदा फिल्म ‘२ नम्बरी’ कोरोनाको चपेटामा पर्‍यो । कोरोनाका कारण फिल्मको अधुरैमा छायांकन रोकियो । दुई वर्ष फिल्मको काम नै अगाडि बढ्न पाएन । संक्रमण मत्थर भएसँगै कलाकार हेरफेर गर्दै फेरि सुरुबाटै फिल्मको छायांकन थालिएको छ । आइतवार कास्कीको ल्वाङ गाउँमा ‘क्यामेरा अन’ गर्दै फिल्मको छायांकन सुरु भएको हो ।
 
फिल्मको छायांकन ल्वाङ गाउँसँगै पोखरा आसपासका क्षेत्रमा हुने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीका साथै भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका छ । यतिबेला ल्वाङ गाउँमा दयाहाङ र उगेनको सिन खिच्ने काम भइरहेको छ भने सौगात र उपासनले केही दिनमा सुटिङ सेट ज्वाइन गर्नेछन् ।
 
दीपेन्द्र लामा निर्देशक रहेको फिल्मले २ जना साथीको मित्रताको कथा भन्नेछ । आगामी कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकिएको छ । पहिलो पटक छायांकन हुँदा ‘२ नम्बरी’मा पल शाह र वर्षा राउत मुख्य भूमिकामा थिए । पल अहिले थुनामा भएकाले निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई लिएको छ भने वर्षाले अचानक हात झिकेपछि उपासना भित्रिएकी हुन् ।
Most Visited News (monthly)