Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’ले विश्वभर कमायो हजार करोड

एजेन्सी, मुम्बई, 2022/04/30
Yash starrer KGF Chapter 2 full movie leaked on Tamilrockers, Movierulz  despite Prashanth Neel's appeal
 
बलिउड फिल्मका लागि बक्सअफिसमा २५/३० करोड कमाउन पनि मुश्किल परिरहेको समयमा साउथ फिल्मले भने कमाईमा एकसेएक रेकर्ड बनाउँदै गएका छन् । ‘पुष्पा’ र ‘आरआरआर’पछि १४ अप्रिलमा प्रदर्शनमा आएको साउथ फिल्म ‘केजीएफ २’ले सफलताको नयाँ बेन्चमार्क बनाएको छ । फिल्मले प्रदर्शनको तेस्रो हप्तामै हिन्दी भर्सनमा ३५० करोड कमाउन सफल भएको छ ।
 
त्यस्तै, फिल्मले वर्ल्डवाइड बक्सअफिसमा एक हजार करोड कमाउँदै नयाँ कीर्तिमानी बनाएको छ । योसँगै ‘केजीएफ २’ एक हजार करोड कमाउने चौथो भारतीय फिल्म बनेको छ । यसअघि ‘दंगल’, ‘बाहुबली २’ र ‘आरआरआर’ले यो आँकडा छोएका थिए । अब यो फिल्म भारतीय बक्सअफिसमा ‘दंगल’ र ‘बाहुबली २’ले गरेको लाइफटाइम कलेक्सनलाई उछिन्ने दौडमा निस्किएको छ ।
 
शुक्रवारबाट प्रदर्शनमा आएका दुई बलिउड फिल्म ‘रनवे ३४’ र ‘हिरोपन्ती २’को असर ‘केजीएफ २’लाई खासै परेको छैन । बरु, यशको फिल्मले दुई बलिउड फिल्मको व्यापार चौपट बनाएको छ । यो फिल्मले इदमा थप आक्रामक व्यापार गर्ने अनुमान गरिएको छ । प्रशान्त नीलद्वारा निर्देशित फिल्ममा यशसँगै सञ्जय दत्त, रवीना टन्डन, श्रीनिधि शेट्टी, प्रकाश राजको अभिनय छ ।
Most Visited News (monthly)