Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

थिएटर र फिल्मले जन्माएका कलाकारबीच इगो समस्या छ ?

फिल्मीखबर, काठमाडौं, 2022/04/30
नेपाली फिल्ममा दुई वर्गका कलाकारहरु छन् । एउटा वर्ग रंगमञ्च हुँदै फिल्ममा भित्रिएको छ । अर्को वर्ग फिल्मबाटै जन्मिएको हो । वर्तमान सिनारियो हेर्ने हो भने नेपाली फिल्म क्षेत्रमा दुवै वर्गका कलाकारहरुको बलियो उपस्थिति छ । फरक पृष्टभूमिबाट आएका कलाकारका कारण दर्शकहरुले पनि फरक स्वादका फिल्म पाइरहेका छन् । यो फिल्म क्षेत्रकै लागि नै सुखद् कुरा हो ।
 
थिएटरका कलाकारहरु अभिनयमा अब्बल हुन्छन् र फिल्मले जन्माएका कलाकारसँग स्टार पावर हुन्छ मान्यता छ । उनीहरुको फिल्म छनोट, काम गर्ने शैली, अभिनयप्रतिको बुझाई वा धारणा पनि फरक-फरक हुने गरेको छ । यही कारणले थिएटर र फिल्मबाट आएका कलाकारबीच इगोको समस्या रहेको बताइन्छ । बेला बखतमा यो घाम जस्तै छर्लङ्ग देखिने पनि गरेको हुन्छ ।
 
Bholaraj Sapkota
 
थिएटरमै दाह्री-कपाल फुलाएका कलाकार भोलाराज सापकोटा थिएटर र फिल्मबाट आएका कलाकारहरु फरक हुन् भन्ने सोचाई दुवैतिर रहेको बताउँछन् । शनिवार एक भेटमा उनले भने, ‘थिएटरबाट आएका कलाकार र फिल्मले जन्माएका कलाकारबीच इगो समस्या छ वा छैन मलाई थाहा छैन । तर, थिएटर र फिल्मबाटै आएका कलाकारहरु फरक हुन् भन्ने सोचाई चाहिँ दुवैतिर छ ।’
 
फिल्मका स्टारले थिएटरका कलाकारभन्दा आफूलाई ठूलो ठान्ने र थिएटरका कलाकारले फिल्मका स्टारभन्दा आफूलाई ठूलो मान्ने प्रवृतिले पनि थिएटर र फिल्मबाटै जन्मिएका कलाकारबीच दूरी बढ्दै गएको उनको बुझाई छ । यसको कारण उनी दुवै क्षेत्रका कलाकार इमान्दार नहुनुलाई मान्छन् । दुवैको उद्देश्य फिल्म राम्रो बनाउने भएकाले छुट्टाएर हेर्नु गलत रहेको उनको भनाई छ ।
 
थिएटरका कलाकारको अभिनय लाउड हुने गरेको आरोपबारे पनि भोलाराज भन्छन्, ‘यो कुरा म स्वीकार गर्छु । थिएटरमा हामी लाउड अभिनय गरिरहेका हुन्छौं फिल्ममा पनि आउड हुन सक्छ । तर, त्यो कुरा निर्देशकले भन्न सक्नुपर्छ । म सधैं निर्देशक वा चिफ एडीलाई मेरो समस्याबारे भन्ने गर्छु । कलाकारलाई लाउड अभिनय गर्नबाट कसरी रोक्ने त्यो निर्देशकको हातमा रहन्छ ।’
Most Visited News (monthly)