Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुटानी अभिनेत्रीसँग उपासनाको मित्रता

फिल्मीखबर, काठमाडौं, 2022/05/01
upasana shing thakuri
 
फिल्म ‘क्याप्टेन’बाट सानदार रुपमा उदाएकी अभिनेत्री उपासना सिंह ठकुरीलाई दोस्रो फिल्म ‘कबड्डी २’ले सफलताको उचाईंमा पुर्‍यायो । त्यसयता उनको नेपाली फिल्ममा उच्च माग छ । उनले कोभिडयता ‘डिसेम्बर फल्स’, ‘सत्यम्’ र ‘दुई नम्बरी’ गरी तीन फिल्म साइन गरिन् । जसमध्ये ‘डिसेम्बर फल्स’को केही प्रतिशत छायांकन मात्र बाँकी छ भने ‘सत्यम्’को छायांकन अन्योल छ ।
 
‘सत्यम्’ छायांकनमा निस्कन ढिलाई भएपछि उनले गत चैतमा फिल्म ‘दुई नम्बरी’ साइन गरेकी थिइन् । अहिले उनी यो फिल्मको छायांकनका लागि कास्कीमा छिन् । फिल्ममा उनको जोडी अभिनेता सौगात मल्लसँग बाँधिएको छ । उनी सौगातको ठूलो फ्यान हुन् । अभिनेत्री वर्षा राउतले समय अभावका कारण फिल्ममा काम गर्न नसकेपछि उपासना रातारात फिल्ममा भित्रिएकी थिइन् । 
 
फिल्ममा दयाहाङ राई र भुटानी अभिनेत्री उगेन छोदेन पनि मुख्य भूमिकामा छन् । फिल्मको सेटबाट उपासना भने उगेनको घनिष्ट साथी बनेकी छन् । उपासनाले इन्टाग्राममा पोस्ट गरेको उगेनसँगका तस्विरहरु हेर्दा उनीहरुबीच वर्षौं पुरानो साथीको जस्तो सम्बन्ध देखिन्छ । उगेनले नेपाली भाषा स्पष्ट बुझ्न र बोल्न सक्ने भएकाले पनि उनीहरु चाँडै एकअर्कासँग घुलमिल भएका हुन् । 
 
उगेनले पहिलो पटक नेपाली फिल्ममा अभिनय गरेकी हुन् । यद्यपि, उनी नेपाली फिल्मको नियमित दर्शक हुन् । उपासनासँगको मित्रताले उनलाई नेपाली फिल्मको माहोल र नेपाली समुदायको संस्कृति तथा रहनसहन बुझ्न थप सहज भएको छ । केही दिनअघि उपासनाले उगेनलाई नेपाली गीत गाउन आग्रह गर्दा उनले ‘फूलबुट्टे सारी’ गाएको भिडियो इन्स्टाग्राममा साझेदार गरेकी थिइन् ।
Most Visited News (monthly)