Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हनी बनी’बाट अनमोल र सारा बाहिरिए, जसिताको सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2022/05/01
अनमोल भन्छन्, 'सारा इन्स्टा साथी मात्र, प्रेम छैन'
 
फिल्म साइन गरेर पछि विभिन्न कारण देखाउँदै हात झिक्ने मामलामा सबैभन्दा अगाडि देखिएका अभिनेता अनमोल केसीले अर्को फिल्म पनि छाडेका छन् । गत चैतमा उनले दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ साइन गरेका थिए । स्क्रिप्ट पढेको दुई दिनमै उनी फिल्ममा काम गर्न तयार भएका थिए । तर, छायांकनमा निस्कने समयमा उनी यो फिल्मबाट अलग भएका छन् ।
 
निर्देशक भट्टराईले सहमतिमै अनमोल फिल्मबाट अलग भएको बताए । अभिनेता केसीले फिल्मको चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच अलग हुने सहमति भएको जानकारी प्राप्त छ । तर, अनमोलले फिल्म छाड्नुको कारणबारे बताएका छैनन् । केही दिन वर्कसप समेत गरेका उनको फिल्मको छायांकनका लागि बेलायतको भिसा समेत आइसकेको थियो । 
 
अनमोलले साइन गरेको फिल्म छाडेको यो पहिलो पटक होइन । यसअघि उनले ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ जस्ता फिल्म साइन गरेर छाडेका थिए । फाइनल स्क्रिप्ट नपढि र चरित्र नबुझी हतारमा फिल्म साइन गर्ने बानीका कारण उनले पटक-पटक आफूलाई ‘अनप्रोफेसनल कलाकार’ प्रमाणित गरेका छन् । ‘हनी बनी’मा अनमोलको सट्टा एक नायकको प्रवेश भइसकेको स्रोत बताउँछ । 
 
अनमोलसँगै फिल्मबाट अभिनेत्री सारा सिरपाली पनि अलग भएकी छन् । साराको भिसा नझरेपछि निर्माण टिमले उनको ठाउँमा अभिनेत्री जसिता गुरुङलाई लिने तयारी गरेको छ । उनी अहिले बेलायतमै रहेको र स्क्रिप्ट पनि मन पराएकाले फिल्ममा उनको सम्भावना बलियो रहेको दीवाकरले बताए । उनी यही बिहीवार कास्ट एन्ड क्रियूलाई लिएर छायांकनका लागि बेलायत उड्दैछन् ।
Most Visited News (monthly)