Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न राजनीतिमा आएँ : श्वेता खड्का

फिल्मीखबर, काठमाडौं, 2022/05/03
shweeta khadka
 
अभिनेत्री श्वेता खड्का मंगलवार नेपाली कांग्रेसमा प्रवेश गरिन् । उनीसँगै उनका श्रीमान् विजयन्द्र सिंह रावत पनि कांग्रेसमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचन मुखमा हुँदा राजनीतिक यात्रा सुरु गरेकी श्वेताले राजनीतिलाई कमाई खाने माध्यमको रुपमा प्रयोग गरी अकुत सम्पत्तिको आर्जनमा लिप्त हुने भ्रष्ट राजनीतिज्ञलाई विस्थापित गर्न आफू राजनीतिमा आएको बताएकी छन् । 
 
उनले आफू कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै फेसबुकमा लेखेकी छन्, ‘सँधै राजनीतिलाई फोहोरी खेलको रुपमा परिभाषित गर्दै नेताहरुप्रति धारे हात लगाउने अनि गालीको वर्षा गर्ने हाम्रो निष्क्रिय प्रवित्तिलाई त्याग्ने बेला आएको छ । सिस्टम परिवर्तनको लागि सिस्टम निर्माणकै हिस्सा हुनु पर्छ । यसको लागि राजनीति उत्तम माध्यम हो । मैले यही माध्यमलाई आत्मसाथ गरेकी हुँ ।’ 
 
कलाकारले कुनै एक पार्टीको ब्यानरभित्र समाहित हुनुहुन्न भन्ने सोच ब्याप्त रहेको समयमा कलाकारले कलाकारिता नै गर्नुपर्छ राजनीति गर्नुहुन्न भन्ने धारणाको प्रतिवाद स्वरुप आफू कांग्रेस प्रवेश गरेको पनि अभिनेत्री खड्काले फेसबुकमा उल्लेख गरेकी छन् । पारिवारिक पृष्‍ठभुमीका कारण आफूलाई नेपाली कांग्रेसको सिद्दान्तलाई आत्मसाथ गर्न थप सहयोग पुगेको उनको भनाई छ ।
 
कुनै व्यक्तिगत स्वार्थ नराखी स्वच्छ रुपमा सामाजिक विकास र विशुद्ध सेवाको भाव बोकेर आफूलाई नेपाली कांग्रेसको असल कार्यकर्ता भएर चिनाउन प्रयास गर्ने उनको वाचा छ । आफू एउटा कलाकार र व्यवसायी पनि भएको नाताले नेपाली कांग्रेसभित्र रहेर तमाम व्यवसायीहरु र कलाकर्मीहरुको हक-हितको निमित्त सधैं आवाज बुलन्द गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छन् । 
 

Most Visited News (monthly)