Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवन केसी, श्वेता खड्का र रविन्द्र खड्का कांग्रेसमा प्रवेश

फिल्मीखबर, काठमाडौं, 2022/05/03
bhuwan kc
 
अभिनेता द्वय भुवन केसी र रविन्द्र खड्कासँगै अभिनेत्री श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गर्दै सदस्यता पत्र प्रदान गरे । उनीहरुलाई कलाकार नीर शाहलगायतले कांग्रेसमा प्रवेश गराउन मध्यस्थकर्ताको भूमिका खेलेका हुन् ।
 
भुवन र रविन्द्र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा भुवन केसीले एमालेबाट काठमाडौं १ बाट प्रत्यक्षतर्फ टिकट समेत पाएका थिए । तर, पार्टीमा कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भन्दै नेता-कार्यकर्ताले विरोध जनाएपछि पार्टीले २४ घन्टामै उनलाई दिएको टिकट खोस्यो । त्यसपछि उनको एमालेसँग सम्बन्ध विक्षेद नै भएको थियो ।
 
पछिल्लो समय उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । उनले केही चरण राप्रपा अध्यक्षसँग छलफल समेत गरेका थिए । तर, भुवनले आउँदो संसदीय निर्वाचनमा समानुपातिक सांसद् बनाउनु पर्ने माग राखेपछि वार्ता भाँडिएको थियो । यसपछि उनी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उठ्ने तयारीमा थिए । तर, पछि उनले उम्मेदवारी नदिने घोषणा गरे । 
 
त्यस्तै, पुराना अभिनेता रविन्द्र खड्का कट्टर एमाले थिए । यसपटकको स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । तर, पार्टीले उनको उम्मेदवारी घोषणालाई अत्यन्त हलुका रुपमा लिएपछि उनले एमाले छाडेर नेपाली कांग्रेस रोजेका हुन् । उनी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् ।
Most Visited News (monthly)