Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लाइफ इन एलए’ गीत : ब्यास र अकेशाको अजर-अमर प्रेम

फिल्मीखबर, काठमाडौं, 2022/05/06
Aakesha Bista, Bash Bissu
 
आगामी जेठ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’को रोमान्टिक गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘उदाएर आयौ तिमी बिहानीको घाम जस्तै’ बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको युगल स्वर रहेको छ भने एलिस कार्कीको संगीत र सुन्दर पन्तको शब्द रचना छ । 
 
हलिउडको भूमि अमेरिका र सानो अंश नेपालमा खिचिएको गीतमा फिल्मका लिड नायक ब्यास बिस्सु र नायिका अकेशा विष्ट रोमान्टिक अवतारमा प्रस्तुत छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । गीतको अमेरिकाको पार्टमा सुरज श्रेष्ठ र नेपालको पार्टमा कविराज गहतराजको कोरियोग्राफी छ । यो गीतलाई फिल्ममा कथावाचनको रुपमा राखिएको निर्देशक सूर्य एन श्रेष्ठले बताए ।
 
अमेरिकामा बस्ने नेपालीको संघर्ष र सफलताको कथा उठान गरिएको फिल्ममा ब्यास र अकेशाका अलावा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत खिचिएको फिल्मलाई ब्यास स्वयंले निर्माण गरेका हुन् । 
 
दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको गीतमा प्रतिक पौडेलको पनि संगीत छ । फिल्ममा समावेश ‘पागल प्रेमी’ बोलको अर्को गीत आउँदो हप्ता सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । ब्यास इन्टरटेनमेन्टले प्रस्तुत गरेको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् ।
 

Most Visited News (monthly)