Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘हनी बनी’मा साराको ठाउँमा जसिता भित्रिइन्

फिल्मीखबर, काठमाडौं, 2022/05/07
jasita gurung
 
बेलायतमा छायांकनको तयारीमा रहेको फिल्म ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएकी छन् । यसअघि फिल्ममा अभिनेत्री सारा सिरपाली फाइनल थिइन् । तर, उनको बेलायतको भिसा नझरेपछि निर्माण टिमले बेलायतमै रहेकी जसितालाई मुख्य भूमिकामा अनुबन्ध गराएको हो । शनिवार निर्देशक दीवाकर भट्टराई र जसिताले बेलायतमा कागजी सम्झौता गरेका हुन् । 
 
फिल्म ‘लिलिबिली’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी जसिताले यसपछि ‘लभ स्टेशन’मा काम गरिन् । उनी अभिनीत तेस्रो फिल्म ‘आई एम ट्वान्टिवान’ प्रदर्शनको पखाईमा छ भने भुवन केसीले निर्माण गर्ने फिल्म ‘एन्टी हिरो’ पनि उनले साइन गरेर बसेकी छन् । स्क्रिप्ट हातमा परेको छोटो समयमा उनले ‘हनी बनी’ साइन गरेको भए पनि फिल्ममा उनको भूमिका सशक्त रहेको बुझिएको छ । 
 
यो फिल्ममा पहिला मुख्य नायकमा अनमोल केसीलाई साइन गराइएको थियो । उनको बेलायतको भिसा समेत झरिसकेको थियो । तर, अन्तिम समयमा उनले फिल्ममा काम नगर्ने निर्णय गरे । निर्देशक भट्टराई र अनमोल दुवैले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । फिल्मबाट अनमोल अलगिएसँगै निर्माण टिमले नयाँ नायकलाई अनुबन्ध गरिसकेको स्रोत बताउँछ ।
 
फिल्ममा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहनेछ । पुरुषोत्तम प्रधानले छायांकन गर्ने फिल्मको लागत ७ करोड अनुमान गरिएको छ । फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् । फिल्मको छायांकनका लागि निर्देशक भट्टराई बेलायत पुगिसकेका छन् भने बाँकी टिम केही दिनमा बेलायत उड्ने तयारीमा छ । 
Most Visited News (monthly)