Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘के घर के डेरा’को मुहूर्त, जेठ २ गतेबाट छायांकन

फिल्मीखबर, काठमाडौं, 2022/05/06
k ghar k dera
 
निर्देशक हेरफेर गर्दै दुई पटक निर्माण घोषणा गरिएको फिल्म ‘के घर के डेरा’को शुभ मुहूर्त गरिएको छ । शुक्रवार स्वयम्भूको हारती माता मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै एक दृश्य पनि खिचियो । फिल्मको नियमित छायांकन भने जेठ २ गतेबाट सुरु हुने निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए । फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा वाचन गर्नेछ ।
 
यो फिल्मको पहिलो पटक दुई वर्ष अगाडि सुव्रतराज आचार्यले निर्देशन गर्ने गरी घोषणा गरिएको थियो । तर, कोरोनाकालमा टिमभित्र मनमुटाव उत्पन्न भएपछि सुव्रतले फिल्मबाट हात झिके । यसपछि निर्देशनमा दीपेन्द्र भित्रिएका हुन् । उनले यो फिल्म निर्देशन गर्न ३० लाख पारिश्रमिक बुझेको चर्चा छ । दीपेन्द्रले यसअघि ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता फिल्म पस्किसकेका छन् ।
 
खासमा ‘के घर के डेरा’को छायांकन बैशाख २३ गतेबाट सुरु गर्ने तयारी गरिएको थियो । तर, अभिनेता दयाहाङ राई फिल्म ‘दुई नम्बरी’को छायांकनका लागि कास्कीमा भएकाले उनी केही दिनमा काठमाडौंमा फर्किने र जेठ २ गतेबाट छायांकन थाल्ने योजनामा निर्माण टिम छ । फिल्ममा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतको पनि मुख्य भूमिका रहनेछ । 
 
k ghar k dera
 
ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्मातामा युवराज कार्की छन् । फिल्मको कथा सिंगो लामाको हो भने पटकथा/संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रतराज आचार्य र डिपी खनालको शब्द, दिर्घ खड्काको सम्पादन रहनेछन् ।
Most Visited News (monthly)