Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘षट्कोण’ र ‘लक्का जवान’को व्यापारमा चुनावले गरेको हो असर ?

फिल्मीखबर, काठमाडौं, 2022/05/08
lakka jawan
 
गत फागुन १ गतेबाट सिनेमा हलहरु नियमित रुपमा सञ्चालनमा आएपछि प्रत्येक हप्ता नयाँ नेपाली फिल्म प्रदर्शन भइरहेका छन् । तर, प्रदर्शनमा आएका फिल्ममध्ये अधिकांश डुबेका छन् । फागुनयता हिट फिल्मका सिरिजले मात्र बक्सअफिसमा पैसा छापेका छन् । गत फागुन १६ मा रिलिज भएको ‘म यस्तो गीत गाउँछु २’ र बैशाख १ मा आएको ‘ए मेरो हजुर ४’ले नाफाको व्यापार गरे ।
 
यही बैशाख १६ मा अभिनेता सौगात मल्ल अभिनीत फिल्म ‘मन्त्र’ रिलिज भएको थियो । फिल्मले प्रतिक्रिया सन्तोषजनक पाए पनि दर्शकले हलसम्म पुग्ने जाँगरै चलाएनन् । अन्ततः यो फिल्म एक हप्तामै हलबाट उत्रियो । यही शुक्रवार अर्को दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ले प्रदर्शन थालनी गरे । तर, यी दुई फिल्म पनि हलसम्म दर्शकको भीड तान्न असफल देखिएका छन् । 
 
प्राप्त जानकारी अनुसार, मल्टीस्टारर फिल्म ‘लक्का जवान’को दुई दिने कलेक्सन १८ देखि १९ लाखको आसपास छ । यसको ठिक आधा कलेक्सन ‘षट्कोण’को रहेको बुझिएको छ । यसरी हेर्दा दर्शकहरुले दुवै फिल्म हेर्न रुची नदेखाएको स्पष्ट हुन्छ । तर, वितरकले भने बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको माहोलले फिल्मको व्यापारमा असर गरेको बताएका छन् । 
 
फिल्मको व्यापार कमजोर हुनुमा वितरकले चुनावको बहाना बनाए पनि यो सत्य होइन । जबकि, शुक्रवारबाटै प्रदर्शनमा आएको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले नेपाली बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । प्रतिक्रिया गतिलो नमिलेकै कारण ‘षट्कोण’ र ‘लक्का जवान’को व्यापार कमजोर बनेको हो । अब सबैको नजर जेठ १३ मा रिलिज हुने फिल्म ‘कबड्डी ४’माथि छ ।
Most Visited News (monthly)