Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘आरआरआर’पछि महेश बाबूसँग थ्रिलर फिल्म बनाउँदै राजामौली

एजेन्सी, मुम्बई, 2022/05/08
Revealed: आरआरआर के बाद महेश बाबू के साथ एडवेंचर-थ्रिलर फ़िल्म बना रहे हैं एस एस राजामौली ;  फ़िल्म में नहीं होगी कोई बॉलीवुड हीरोइन
 
‘बाहुबली’ र ‘आरआरआर’ जस्ता ब्लकबस्टर फिल्मका निर्देशक एसएस राजामौलीले अब तेलुगु सुपरस्टार महेश बाबूलाई लिएर नयाँ फिल्म बनाउने भएका छन् । उक्त फिल्म एडभेन्चर-थ्रिलर हुने बताइएको छ । अहिले स्क्रिप्टमा काम भइरहेको र आगामी जुलाईबाट सुटिङ थाल्ने तयारीमा राजामौली छन् । फिल्मको कथा राजामौली र उनका पिता विजयेन्द्र प्रसादले लेखिरहेका छन् ।
 
फिल्मसँग जोडिएको एक स्रोतले भनेको छ, ‘महेश बाबू करिअरको यो विन्दूमा पीरियड फिल्म गर्न उत्सुक छैनन् । उनका फ्यान उनलाई एक सामाजिक सन्देशसँगै समसामयिक विषयका फिल्ममा देख्न मन पराउँछन् र उनी पनि दर्शकको रोजाईभन्दा बाहिर निस्कन चाहँदैनन् । यसकारण निर्देशक राजामौलीले महेश बाबूसँगको थ्रिलर फिल्मलाई समकालीन सेटिङमा सेट गरेका छन् ।’ 
 
महेश बाबू र राजामौलीको यो फिल्ममा बलिउडबाट कुनै अभिनेत्री नरहने बताइएको छ । पहिला फिल्मका लागि श्रद्धा कपूर, दीपिका पादुकोण र पूजा हेगडे जस्ता बलिउड अभिनेत्रीहरुको नाम चर्चामा थियो । तर, राजामौलीले यसपटक नयाँ अभिनेत्रीलाई लञ्च गर्ने योजना बनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । महेश र राजामौलीले पटक पहिलो सहकार्य गर्न लागेका हुन् ।
Most Visited News (monthly)