Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कृष्ण लीला’ निर्देशक नयाँ फिल्मको तयारीमा

फिल्मीखबर, काठमाडौं, 2022/05/10
deepak oli
 
सामाजिक विषयवस्तुमा फिल्म बनाउँदै आएका दीपक वलीले फिल्म ‘पण्डित बाजेको लौरी’बाट निर्देशनमा आफूलाई प्रमाणित गरे । फिल्म बक्सअफिसमा असफल भएपनि उनको निर्देशकीय क्षमताको प्रशंसा भयो । उनी निर्देशित ‘रोल्पा रोग’ र ‘कुम्भ करण’ पनि प्रदर्शनमा आइसकेका छन् । अब आगामी भदौ ३ गतेबाट उनको निर्देशनमा बनेको नयाँ फिल्म ‘कृष्ण लीला’ प्रदर्शन हुँदैछ ।
 
यो फिल्मको व्यवसायिक पाटोले दीपकको करिअरमा पनि अर्थ राख्नेछ । किनकि, उनी निर्देशित अघिल्ला तीनवटै फिल्म असफल भएकाले ‘कृष्ण लीला’ चल्न अपरिहार्य छ । अहिलेका चल्तीका अभिनेता पुष्प खड्काको मुख्य भूमिका र फिल्मको एक गीत हिट भइसकेकाले उनी यसपटक सफलता मिल्नेमा विश्वस्त देखिएका छन् । उनले ‘कृष्ण लीला’लाई प्रेमकथामा तयार पारेका हुन् ।
 
यो फिल्म रिलिज नहुँदै दीपकले नयाँ फिल्मको तयारी थालेका छन् । शनिवार उनले एक फिल्म साइन गरेका हुन् । ‘कृष्ण लीला’ रिलिजपछि छायांकन सुरु गर्ने तयारीमा रहेका उनले अहिले स्क्रिप्टमा काम भइरहेको जानकारी दिए । फिल्मको स्क्रिप्ट यम थापा र निर्देशक वलीले मिलेर लेखिरहेका छन् । फिल्मको महत्त्वपूर्ण पार्ट डोल्पा र त्यसपछि काठमाडौंमा छायांकन हुने बताइएको छ ।
 
कलाकारको बारेमा उनले भनेका छन्, ‘हामीले केही चरण केही कलाकारसँग कुराकानी गरेका छौं । चुनावपछि कागजी सम्झौता हुनसक्छ । फिल्ममा चल्तीकै कलाकारको अभिनय रहनेछ ।’ उनले फिल्मको नाम तय भइसके पनि चलचित्र विकास बोर्डमा दर्ता नभएकाले केही दिनमा नाम सार्वजनिक गर्ने निर्देशक वलीले बताए । उनका अनुसार, फिल्म सामाजिक मुद्धामा निर्माण हुनेछ ।
 

Most Visited News (monthly)