Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनील मानन्धरले ३३ लाखमा नेपाल ल्याए ‘जयेशभाई जोरदार’

फिल्मीखबर, काठमाडौं, 2022/05/11
नेपालमा बलिउड फिल्मको ठूलो क्रेज छ । सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमार, अजय देवगन, रणवीर सिंह जस्ता ठूला स्टारको फिल्म रिलिज हुँदा नेपालका मल्टीप्लेक्स हलहरुमा मेला नै लाग्छ । यसैले बलिउड फिल्मलाई करोडौंमा नेपाल ल्याउन वितरकहरुबीच सानो तछाडमछाड चल्दैन । केही वितरकले बलिउडका ठूला कम्पनीलाई मुठ्ठीमा राखेका छन् । 
 
नेपाली फिल्मका पुराना वितरक तथा निर्माता सुनील मानन्धरले पनि अब बलिउडको ठूलो फिल्म नेपाल भित्राउन कम्मर कसेका छन् । केही वर्षयता नेपाली फिल्मको वितरणमै आफूलाई सीमित राखेका मानन्धरले फिल्म ‘जयेशभाई जोरदार’मार्फत् बलिउड फिल्म वितरणमा कमब्याक गरेका हुन् । यो फिल्मलाई भारतको प्रतिष्ठित प्रोडक्सन कम्पनी यशराज फिल्मस्ले निर्माण गरेको हो ।
 
sunil manandhar
 
सुनीलका अनुसार, फिल्म भारतसहित संसारभर शुक्रवारबाट प्रदर्शनमा आउने भए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण शुक्रवार हलहरु बन्द हुने भएकाले शनिवारबाट मात्र प्रदर्शनमा आउनेछ । भारतभन्दा एक दिनपछि प्रदर्शन हुँदैमा खासै असर नपर्ने र शनिवार, आइतवार र सोमवार सार्वजनिक विदा भएकाले हलमा दर्शकको चाप उल्लेख्य रहने उनको विश्वास छ । 
 
उनले ‘जयेशभाई जोरदार’ ट्याक्ससहित २१ लाख भारु (नेपाली ३३ लाख ७१ हजार) मा नेपाल ल्याएको जानकारी दिए । उनी अब यशराजको अरु फिल्म पनि आफूले पाउनेमा ढुक्क छन् । उनी भन्छिन्, ‘मैले यस्तो अवस्थामा पनि फिल्म किनेको छु । यशराजले यो कुराको मुल्यांकन गर्नेछ भन्नेमा पूर्ण विश्वस्त छु ।’ यशराजका ‘पठान’, ‘टाइगर ३’ जस्ता ठूला फिल्म प्रदर्शनको पखाईमा छन् । 
 
दिव्यांग ठक्कर निर्देशित फिल्ममा रणवीर सिंह, शालनी पाण्डे, बमन इरानी, रत्ना पाठक शाहलगायतको मुख्य भूमिका रहेको छ । रणवीर सिंहले ‘पद्मावत’, ‘सिम्बा’, ‘गल्ली ब्वाई’ जस्ता फिल्मबाट नेपालमा जबर्जस्त क्रेज बनाएका कारण ‘जयेशभाई जोरदार’ले नेपाली बक्सअफिसमा सुखद् कमाई गर्ने विश्लेषण गरिएको छ । फिल्मले स्त्रिलिंगी भ्रूण हत्याको विरोधमा आवाज उठाएको छ ।
Most Visited News (monthly)