Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालले साइन गरेका छैनन् ‘मायाको माया’

फिल्मीखबर, काठमाडौं, 2022/05/11
पछिल्ला दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’को असफलतापछि अभिनेता राजेश हमाल चार वर्ष मौन बसे । उनले अफर आएका दर्जनौं फिल्म नकारे । यो बीचमा उनी आफैंले फिल्म निर्देशन गर्न लागेको चर्चा पनि चलेको थियो । तर, हमालले तत्काल निर्देशन गर्ने हिम्मत पनि गरेनन् । यसबीच, उनले कोरोना महामारीको समयमा फिल्म ‘सत्यम्’ साइन गर्दै आफ्नो कमब्याकको निधो गरे ।
 
उनले यो फिल्मका लागि लुक्स परिवर्तनदेखि शरीर सुगठित बनाउन महिनौं मेहेनत गरेका थिए । स्क्रिप्ट राइटरसँग बसेर स्क्रिप्टमा पनि आफ्नो राय राखे । तर, कहिले कोरोना महामारी त कहिले मुख्य अभिनेता पल शाह कानुनी झमेलामा फसेपछि फिल्मको छायांकन सुरु हुन सकेको छैन । निर्माण टिम अझै केही समय पललाई पर्खिने र उनी नछुटे अर्को नायकलाई लिने योजनामा छ । 
 
rajesh hamal
 
यसैक्रममा, केही दिनयता हमालले नयाँ फिल्म ‘मायाको माया’ साइन गरेको कुराले मिडिया तातेको छ । तर, उनका म्यानेजर रोशन हमालले एक चरण फिल्मको टिमसँग छलफल भए पनि कागजी सम्झौता नभएको बताए । उनले भने, ‘दादाले फिल्म साइन गर्नुभएको छैन । फिल्मको टिमसँग एक चरण छलफल भएको हो । दादाले फिल्म साइन गर्नुहुन्छ वा हुन्न अहिले नै भन्न सकिन्नँ ।’
 
राजेश हमालले ‘सत्यम्’भन्दा अगाडि नयाँ फिल्ममा काम गर्ने सम्भावनाबारे रोशन भन्छन्, ‘दादाले ‘सत्यम्’भन्दा अगाडि अरु फिल्म नगर्ने भनेर बस्नुभएको छैन । ‘सत्यम्’ विभिन्न कारणले छायांकनमा जान ढिलाइ भएकाले योभन्दा अगाडि दादाले अर्को फिल्म पनि गर्न सक्नुहुन्छ ।’ राजेश हमाल काम गर्न तयार भए ‘मायाको माया’को निर्वाचन लगत्तै छायांकन थाल्ने तयारीमा निर्माण टिम छ ।
 
रोहितकरण वैद्यले निर्देशन गर्न लागेको फिल्ममा अभिनेता अनुपविक्रम शाही र अभिनेत्री आना शर्मा अनुबन्ध भइसकेका छन् । उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । यो फिल्मको दुई साताअघि ललितपुरस्थित कार्यविनायक मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको थियो । राजेश हमालले ‘मायाको माया’ साइन गरे उनलाई धेरै हदसम्म राहत मिल्नेछ ।
Most Visited News (monthly)