Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मास्टरशेफ सन्तोष शाहमाथि फिल्म बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2022/05/12
Santosh Sha MasterChef The Professionals Nepalese food pop-up at Cinnamon  Kitchen City
 
आफ्नो पाककलाको माध्यमबाट संसारभर सेलिब्रेटी बनेका नेपालका मास्टरशेफ सन्तोष शाहमाथि फिल्म निर्माण हुने भएको छ । ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२१’को उपविजेता बनेपछि चर्चामा आएका उनको जीवनमाथि निर्देशक दीपक रौनियारले फिल्म बनाउन लागेका हुन् । अहिले उनले सन्तोषसँग उनको बाल्यकालदेखि शेफ हुँदासम्मको यात्राबारे संवाद गरिरहेका छन् ।
 
रौनियारले फिल्म निर्माण हुने निश्चित भएपनि छायांकन केही समय पछाडि मात्र सुरु हुने जानकारी दिएका छन् । शाहले जीवनमा गरेको संघर्ष र हासिल गरेको सफलता धेरैका लागि प्रेरणादायक हुने भएकाले फिल्म बनाउन लागेको उनले बताए । मास्टरशेफ शाहसँगको संवाद सकिएपछि स्क्रिप्ट लेखनको काम थाल्ने दीपकको तयारी छ । अहिले सन्तोष घुमफिरका लागि नेपालमा छन् । 
 
१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष भाँडा माझ्ने काम गरेका थिए । त्यसपछि सन् २०१० को अन्त्यमा बेलायत हानिएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा कार्यरत छन् । नेपाली परिकारलाई विश्वमाझ चिनाउने अभियानमा रहेका मास्टरशेफ शाहलाई नेपाल सरकारले पर्यटन दूतमा समेत नियुक्त गरेको छ । 
 
निर्देशक दीपक रौनियारले आफ्नो पाइपलाइनमा रहेको फिल्म ‘द स्काइ इज माइन’को छायांकन पूरा गरेपछि सन्तोष शाहको जीवनीमा फिल्म बनाउनेछन् । रौनियारले यसअघि फिल्म ‘सेतो सूर्य’को निर्देशन गरेका थिए । ‘द स्काइ इज माइन’मा भारतकी अभिनेत्री तनिष्ठा चटर्जीको मुख्य भूमिका रहनेछ भने आशा मगराती र दयाहाङ राईले पनि मुख्य भूमिकामा अभिनय गर्नेछन् ।
 
Most Visited News (monthly)