Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मतदानपछि रेखाले भनिन्, ‘संघीय चुनावमा उठ्न सक्छु’

फिल्मीखबर, काठमाडौं, 2022/05/13
rekha thapa
 
अभिनेत्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य रेखा थापाले आगामी संघीय निर्वाचनमा आफू उठ्न सक्ने बताएका छिन् । शुक्रवार देशभर भइरहेको स्थानीय तहको निर्वाचनमा चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसको केन्द्रबाट आफ्नो पार्टीका उम्मेदवारलाई भोट हालेपछि उनले पार्टीले प्रत्यक्षतर्फ टिकट दिए आफू संघीय चुनावमा काठमाडौं क्षेत्र नं. ४ बाट उठ्ने बताइन् । 
 
अभिनेत्री थापाले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा म पार्टीका उम्मेदवारलाई जिताउनका लागि आमसभादेखि घरदैलोमा हिँडेँ । संघीय चुनावमा भने म कुनै न कुनै भूमिकामा देखिन सक्छु । पार्टीले के निर्णय गर्छ त्यसमा पनि भर पर्छ । पार्टीले प्रत्यक्षबाट लड भन्यो भने मेरो काठमाडौं क्षेत्र नं. ४ पर्छ र म तयार छु । अरु प्रतिनिधिलाई सघाउन पार्टीले आग्रह गर्‍यो भने पनि म तयार हुन्छु ।’ 
 
उनले मतदानको दिन मात्र जनतालाई मालिक बन्न दिइने प्रवृतिको अन्त्य गर्नुपर्ने बताएकी छन् । ‘जनतालाई मतदानको दिन मात्र मालिक हुन दिइन्छ । त्यसपछि जनतालाई अर्कै व्यवहार गरिन्छ । निर्वाचनपछि जनप्रतिनिधिलाई टर्च बालेर खोज्नुपर्छ । यसपटक यो अवस्था परिवर्तन हुन्छ,’ उनले अगाडि भनिन्, ‘नेतालाई तह लगाउने हो भने जनताले उनीहरुको मतपेटिका खाली गर्दिनु पर्छ ।’
 
देशका लागि स्थानीय तहको निर्वाचन महत्त्वपूर्ण रहेको र निर्वाचनबाट सही जनप्रतिनिधि छानिएर सही काम गर्ने हो भने देशलाई धेरै कुरामा फरक पार्ने रेखाको धारणा छ । उनले पार्टीको चुनावी सभामा सहभागी हुन आफू देशको ७७ वटै जिल्लामा जाँदा आम मानिसले जनप्रतिनिधिहरु चुनावको समयमा मात्र घर-गाउँ आउने गरेको र जितेपछि काम नगर्ने गुनासो गरेको बताएकी छन् ।
Most Visited News (monthly)