Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 2.25/5.00)
Text size:-
+
-

महेश बाबुलाई सुनील शेट्टीको जवाफ- ‘भारतलाई चिन्नेले बलिउड कलाकार चिन्छन्’

एजेन्सी, मुम्बई, 2022/05/12
सुनील शेट्टी ने Mahesh Babu के बयान पर दिया करारा जवाब, बोले- इंडिया को पहचानेंगे तो बॉलीवुड...
 
भारतका दुई ठूला फिल्म इन्डस्ट्री बलिउड र साउथबीच यतिबेला भाषा विवाद चर्किएको छ । यसको सुरुवात साउथका किच्चा सुदीप र बलिउडका अजय देवगनले गरेका थिए । यसपछि हालै तेलुगु सुपरस्टार महेश बाबुले आफूलाई बलिउडले अफोर्ड गर्न नसक्ने र बलिउडमा काम गरेर समय बर्बाद गर्न नचाहने अभिव्यक्ति दिएपछि दुई इन्डस्ट्रीबीच वाकयुद्ध उत्कर्षमा पुगेको छ ।
 
यसैक्रममा, दुई इन्डस्ट्रीबीच चर्किएको विवादको विषयमा बलिउड सुपरस्टार सुनील शेट्टीले भनेका छन्, ‘मैले पनि साउथ फिल्ममा काम गरेको छु, तर त्यसको कर्मभूमि मुम्बई हो । मलाई लाग्छ कि साउथ र बलिउडको विवाद सोसल मिडियाका कारण भएको हो । हामी सबै भारतीय हौं । यदी डिजिटल प्लेटफर्ममा फिल्म हेरिन्छ भने त्यहाँ भाषाले अर्थ राख्दैन, कन्टेन्ट महत्त्वपूर्ण हुन्छ ।’ 
 
उनले अगाडि भनेका छन्, ‘हाम्रो समस्या के हो भने हामीले दर्शकलाई नै भुलिसकेका छौं । हामीले उत्कृष्ट कन्टेन्टमा काम गर्नुपर्ने हो । यद्यपि, फिल्म होस् वा ओटीटी, बाउ सधैं बाउ नै हुन्छ । बलिउड सधैं बलिउड हुनेछ । भारतलाई चिन्नेहरुले बलिउडका कलाकारहरुलाई पनि चिन्दछन् । यो एक यस्तो यात्रा हो, जसमा हामीले गम्भीर रुपमा सोच-विचार गरेर उत्कृष्ट कन्टेन्ट दिनुपर्छ ।’
 
महेश बाबुले निर्माण गरेको फिल्म ‘मेजर’को ट्रेलर रिलिज कार्यक्रममा उनले बलिउड फिल्मबाट आफूलाई अफर आएको भए पनि बलिउडले आफूलाई अफोर्ड गर्न नसक्ने भएकाले समय बर्बाद गर्न नचाहेको बताएका थिए । यो अभिव्यक्ति विवादमा तानिएपछि महेशले स्पष्टिकरण दिँदै सबै भाषाप्रति आफ्नो सम्मान रहेको र आफूलाई साउथ फिल्ममा काम गर्न सहज लाग्ने बताएका छन् । 
Most Visited News (monthly)