Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कांग्रेसबाट वडा सदस्यमा कलाकार भण्डारी विजयी

फिल्मीखबर, काठमाण्डौ, 2022/05/15
Kishor Bhandari
 
५ वर्षपछि शुक्रवार भएको स्थानीय तहको निर्वाचनमा केही कलाकारहरुले पनि विभिन्न पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा कलाकार मदनदास श्रेष्ठ र यसै महानगरमा स्वतन्त्रबाट चर्चित र्‍यापर बालेन्द्र शाह उम्मेदवार छन् । काठमाडौंमा अन्य उम्मेदवारभन्दा स्वतन्त्र उठेका बालेन्द्रको मत करीब दोब्बरले बढी छ । 
 
त्यस्तै, पूर्वको विराटनगर वडा नं. ९ मा फिल्म ‘यो साइनो मायाको’ फेम्ड अभिनेता जतिन ताम्राकार लाल्टिन छाप लिएर स्वतन्त्र वडा सदस्यमा उठेका छन् । अहिले देशभर मतगणना भइरहँदा कलाकारको तर्फबाट विजयी सुरुवात भएको छ । कलाकार किशोर भण्डारी ‘डिट्ठा साहेब’ले नेपाली कांग्रेसबाट काभ्रेस्थली तार्केश्वर वडा नं. २ मा वडा सदस्यमा विजयी हासिल गरेका हुन् । 
 
भण्डारी लामो समयदेखि अभिनयमा सक्रिय छन् । ‘डिट्ठा साब’ टेलिसिरियलबाट दर्शकमाझ आफूलाई चिनाएका उनी अहिले कान्तिपुर टेलिभिजनबाट प्रशाारण हुने ‘हर्के हल्दार’मा आबद्ध छन् । टेलिसिरियलमा गरेको अभिनय र निर्देशनको अनुभवलाई सर्टिफिकेट मानेर उनले फिल्मको समेत निर्देशन गरिसकेका छन् । उनले ‘चंगा’बाट फिचर फिल्म निर्देशनमा डेब्यू गरेका थिए । 
Most Visited News (monthly)