Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सुनको चप्पल’ बनाउँदै ‘कृष्ण लीला’ निर्देशक वली

फिल्मीखबर, काठमाडौं, 2022/05/20
Dipak Oli.
 
दीपक वलीको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘कृष्ण लीला’ प्रदर्शनको पखाईमा रहेको छ । यसअघि २०७७ सालको चैत २७ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिए पनि कोरोना महामारीका कारण रिलिज हुन पाएन । अब आगामी भदौ ३ गतेबाट फिल्म प्रदर्शनमा आउँदैछ । पुष्प खड्का र श्रद्धा प्रसाईंको अभिनय रहेको फिल्मलाई दीपक वलीको अग्नीपरीक्षा मानिएको छ । 
 
सन् २०१६ मा ‘रोल्पा रोग’बाट निर्देशकीय यात्रा आरम्भ गरेका वलीले त्यसपछि ‘पण्डित बाजेको लौरी’ र ‘कुम्भ करण’ फिल्मको निर्देशन गरे । ‘कृष्ण लीला’ प्रदर्शन भए लगत्तै उनी नयाँ फिल्म निर्देशन गर्ने तयारीमा छन् । उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम ‘सुनको चप्पल’ राखिएको छ । यसै साता चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गरिएको निर्देशक वलीले जानकारी दिए ।
 
फिल्मको नाम चलनचल्तीको भन्दा भिन्न र अनौठो लाग्छ । निर्देशक वलीले फिल्मको कथावस्तुसँग सुहाउने भएकै कारण ‘सुनको चप्पल’ नाम राखिएको जानकारी दिए । यो फिल्म आफूले यसअघि निर्देशन गरेका फिल्मभन्दा पृथक हुने उनको भनाई छ । उनका अनुसार, फिल्मको स्क्रिप्ट लेखनको काम पूरा भएको छ । निर्देशक समेत रहेका यम थापाले स्क्रिप्ट तयार पारेका हुन् । 
 
स्क्रिप्ट लक गरेर अहिले कलाकार छनोट कार्य भइरहेको वलीले बताए । उनले भने- ‘एक जना बरिष्ठ कलाकारलाई फिल्म अफर गर्ने तयारी गरिरहेका छौंं । फिल्ममा उहाँलाई एकदमै सुहाउने रोल छ । स्क्रिप्ट नै उहाँलाई सोचेर लेखेका हौं । भूमिका अत्यन्त बलियो भएकाले उहाँले मान्नुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।’ उनले अरु रोलमा विभिन्न कलाकारसँग कुराकानी भइरहेको बताए । 
Most Visited News (monthly)