Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई ठूला बलिउड फिल्मसँग ‘लाइफ इन एलए’को भिडन्त

फिल्मीखबर, काठमाडौं, 2022/05/20
life in la
 
कोरोना महामारीयता नेपाली फिल्मले निरन्तर विदेशी फिल्मसँग बक्सअफिसमा प्रतिस्पर्धा गरिरहेको छ । तर, गत वर्षको फागुन १३ मा बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’सँग भिडेको ‘म यस्तो गीत गाउँछु २’ र बैशाख १ गते साउथ फिल्म ‘केजीएफ २’सँँग भिडन्त गरेको ‘ए मेरो हजुर ४’ बाहेक अरु नेपाली फिल्मले विदेशी फिल्मको अगाडि घुँडा टेके । अर्थात् बक्सअफिसमा पिटिए । 
 
आज शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘लाइफ इन एलए’ले पनि दुई बलिउड फिल्म ‘भूल भुलैया २’ र ‘धाकड’सँग भिडन्त गरेको छ । यी दुई बलिउड फिल्मका कारण मल्टीप्लेक्समा ‘लाइफ इन एलए’ न्यून शोमा खुम्चिएको छ । सिंगल हल भने फिल्मले पर्याप्त भएको बताइएको छ । माउथ पब्लिसिटीले मल्टीप्लेक्समा शनिवारबाट शो बढ्नेमा निर्माण टिम आशाावादी छ । 
 
विभिन्न शिलशिलामा अमेरिका पुग्ने नेपालीको कथामा निर्माण भएको फिल्मका निर्देशक सूर्य एन श्रेष्ठ हुन् । ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय रहेको फिल्मको अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत सुटिङ भएको हो ।
 
फिल्मलाई अभिनेता ब्यास आफैंले निर्माण गरेका हुन् । यो उनको पहिलो निर्माण अनुभव हो । दीपक वली एसोसियट निर्देशक रहेको फिल्मको कार्यकारी निर्मातामा संसार अन्जान सुवेदी र निर्मातामा राजेन्द्र ठकुराथी छन् भने भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालले सम्पादन गरेका हुन् । नेपालभन्दा अघि अमेरिकामा गरिएको प्रदर्शनबाट फिल्मको ८० प्रतिशत लगानी उठिसकेको छ । 
Most Visited News (monthly)