Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

असार १० मा ‘घनचक्कर’, पोस्टरमा सौगात र सलोनको घम्साघम्सी

फिल्मीखबर, काठमाडौं, 2022/05/20
ghanchakkar
 
निर्माणको लामो समयपछि फिल्म ‘घनचक्कर’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रवार निर्माण टिमले केही थान पोस्टरहरु सार्वजनिक गर्दै आगामी असार १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा फिल्मका दुई मुख्य अभिनेता सौगात मल्ल र सलोन बस्नेतलाई प्राथमिकता दिइएको छ । उनीहरु आक्रोशित मुद्रामा एकअर्कासँग झम्टिन खोजेको पोस्टरमा देख्न सकिन्छ । 
 
भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ । फिल्ममा जेवी डिसी, सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, जनक घर्तिमगर, दामोदर पौडललगायतको पनि अभिनय छ ।
 
सुनिल मानन्धरले वितरण गर्ने फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सह-निर्माताको रुपमा छन् । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा/संवाद, अष्ट महर्जनको द्वन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ । 
Most Visited News (monthly)