Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिप भन्छन्, ‘म रियालिटी शोको जज बन्नु पहिला गरेको कामको ब्याज हो’

फिल्मीखबर, काठमाडौं, 2022/05/21
 
नृत्य र अभिनयमा पोख्त मानिने अभिनेता हुन्, दीलिप रायमाझी । उनलाई यी दुई क्षमताले नै नेपाली फिल्मको ‘सुपरस्टार’ बनायो । कुनै बेला उनी अभिनेता राजेश हमालभन्दा पनि व्यस्त र महंगा मानिन्थे । एक दिनमै उनी ३-४ वटासम्म फिल्मको छायांकन गर्न भ्याउँथे भने प्रत्येक महिना आधा दर्जन बढी फिल्म हलमा रिलिज हुन्थे । हरेक फिल्मका फरक चरित्रमा उनले प्राण भरेका छन् ।
 
तर, कलाकारको करिअरको रफ्तार सधैं एकनास भने हुँदैन । कुनै बेला फिल्ममा भ्याइनभ्याइ हुने गरेका कयैन् कलाकार अहिले फुर्सदिला छन् । दीलिपको पनि पछिल्लो समय फिल्ममा उत्ति साह्रो माग छैन । यद्यपि, उनी फुर्सदिला पनि छैनन् । नृत्यको निपूर्णताले देश तथा विदेशमा हुने कार्यक्रमहरुमा उनको राम्रो माग छ । जसबाट उनले फिल्मभन्दा राम्रो कमाई गर्ने गरेका छन् ।
 
पछिल्लो समय नेपालमा फस्टाइरहेको डान्स रियालिटी शोमा पनि उनलाई भ्याइनभ्याइ छ । ‘बुगी उगी’, ‘डान्सिङ स्टार नेपाल’, ‘मेरो डान्स कप’ जस्ता डान्स रियालिटी शोमा उनले निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । केही वर्षयता आफूले डान्स रियालिटी शोको निर्णायक बन्ने अवसर पाउनुलाई उनी करिअरको एउटा कालखण्डमा फिल्ममा गरेको कामको ब्याज मान्छन् ।
 
हालै एक कार्यक्रममा दीलिपले भने, ‘मैले संसारको धेरै रियालिटी शोमा निर्णायक हुने मौका पाएको छु । यसलाई म मेरो ठूलो सौभाग्य मान्छु । मैले आफ्नो करिअरमा फिल्ममा गरेको कामको ब्याज यतिबेला डान्स रियालिटी शोको जज भएर खान पाइरहेको छु भन्ने लाग्छ र जीवनभर यसरी नै ब्याज खान पाइरहुँ ।’ जजको कुर्सीमा बस्नु पनि सानोतिनो अभिनय रहेको उनको भनाई छ ।
Most Visited News (monthly)