Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लम्फू’ हिरोको हातमा पर्‍यो ‘लण्डन टु पेरिस’

फिल्मीखबर, काठमाण्डौ, 2022/05/30
Kabir Khadka
 
फिल्म ‘लम्फू’बाट अभिनेताको रुपमा डेब्यू गरेका कबीर खड्काको हातमा नयाँ फिल्म परेको छ । उनी लभस्टोरी फिल्म ‘लण्डन टु पेरिस’मा अनुबन्ध भएका हुन् । केही दिन अगाडि उनीसँग निर्माण टिमले कागजी सम्झौता गरेको हो । अहिले उनी कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप गरिरहेका छन् । अभिनेता खड्काले अभिनय गरेकोे दोस्रो फिल्म ‘गुञ्जन’ प्रदर्शनको पखाईमा छ ।
 
कबीरले फिल्मको कथावस्तु र आफ्नो चरित्र मन परेपछि काम गर्न राजी भएको बताए । यो फिल्मले आफ्नो करिअरलाई मजबुत बनाउन मद्दत गर्ने उनको विश्वास छ । फिल्ममा उनको अपोजिटमा अभिनय गर्ने अभिनेत्रीको टुंगो लाग्न बाँकी छ । उनीभन्दा अगाडि फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र म्यूजिक भिडियोकी चर्चित मोडल गरिमा शर्मा अनुबन्ध भइसकेका छन् । 
 
फिल्ममा साम्राज्ञी र गरिमासँग रोमान्स गर्ने दुई अभिनेता फाइनल भइसके पनि निर्माण टिमले केही दिनमा फर्स्टलुक पोस्टरसहित सार्वजनिक गर्ने तयारी गरेको छ । घनश्याम लामिछानेले निर्देशन गर्ने फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् भने निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्माता अजित सिंह छन् ।
Most Visited News (monthly)